नेपाल सुपर लिग : आज काठमाडौं र चितवन तथा धनगढी र झापा खेल्ने  « Khabarhub

नेपाल सुपर लिग : आज काठमाडौं र चितवन तथा धनगढी र झापा खेल्ने 


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज काठमाडौं रेजर्स एफसी र एफसी चितवन तथा धनगढी एफसी र झापा एफसी खेल्ने छन् ।

काठमाडौं र चितवनको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा दिउँसो साढे २ बजे सुरु हुनेछ । लिग अन्तर्गत काठमाडौंले आज छैटौँ र चितवनले पाँचौ खेल खेल्न लागेका हुन् ।

अहिलेसम्मका खेलमा काठमाडौंले एकमा जित दुईमा बराबरी र दुईमा हारसहित ५ अङ्क जोडेको छ । चितवनले दुईमा जित एकमा बराबरी र एकमा हारका साथ ७ अङ्क बनाएको छ ।

यस्तै, धनगढी र झापाबीचको खेल दशरथ रङ्गशालमा साँझ ६ बजे सुरु हुनेछ । अहिलेसम्म चार खेल खेलेको धनगढीले दुईमा जित र दुईमा बराबरी गर्दै ८ अङ्क जोडेको छ । समान खेल खेलेको झापा अङ्कविहीन छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : ३९ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने