जनता खुसी र सुखी भएमात्र राज्य बलियो हुन्छ : खिलराज रेग्मी « Khabarhub

जनता खुसी र सुखी भएमात्र राज्य बलियो हुन्छ : खिलराज रेग्मी


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनतामा देखिएको असन्तुष्टि, आक्रोश र बढिरहेको निराशाको कारण र निदान खोज्दै सम्बोधन गर्नु राज्यको दायित्व रहेको बताएका छन् ।

नववर्ष २०८२ को उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले जनता खुसी र सुखी भएमा मात्र राष्ट्रिय एकता, आपसी सद्भाव, अमनचयन कायम भई राज्य बलियो हुने धारणा व्यक्त गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले सबै विषयको संवाहक शक्ति जनता भएकै कारण लोकतन्त्रमा जनता सर्वोपरि हुन् भनिएको स्पष्ट पारे ।

शिक्षा, स्वास्थ्य, रोजगारी आम सरोकारका विषय भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले कृषि, कृषिजन्य उद्योग र पर्यटनलाई जनसाधारणसँग जोडेर जनजिविकाको सशक्त माध्यम बनाउनु अनिवार्य भएको सुझाव दिए ।

पूर्वअध्यक्ष रेग्मीले समयको माग र गतिसँगै विश्व रङ्गमञ्चमा आफ्नो उपस्थितिको समीक्षा गर्दै राज्यको उन्नति र जनताको समृद्धिमा प्रतिबद्ध भई एकजुट हुन नयाँ वर्ष सफल होस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : ४८ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक