समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन आवश्यक « Khabarhub

समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन आवश्यक


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चितवन– वन्यजन्तुको संरक्षणका लागि समुदाय केन्द्रित  सचेतनामूलक कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आजदेखि ७ गतेसम्म समुदाय केन्द्रित  कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज निकुञ्जमा झण्डोत्तोलन गरेर सप्ताहको सुरुवात गरिँदै छ । हरेक वर्ष वन्यजन्तु संरक्षणका लागि सप्ताहव्यापी कार्यक्रम गरेर मनाइँदै आएको छ । समुदायस्तरमा वन्यजन्तु संरक्षणको सचेतना जगाउनका लागि कार्यक्रम प्रभावकारी हुने गरेको उनको भनाइ छ ।

निकुञ्ज, नेपाली सेनाले मात्रै वन्यजन्तुको महत्व बुझ्नुभन्दा पनि समुदायस्तरमा बुझाउन सके चोरि सिकारी न्यूनीकरण हुने, वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताए ।

निकुञ्ज संरक्षणमा राज्य मात्रै नभएर समुदायको महत्वपूर्ण भूमिका हुने हुँदा यस्ता कार्यक्रमले समुदायलाई संरक्षणतर्फ डोर्‍याउन थप मद्दत मिल्ने गरेको छ । चोरी सिकारी नियन्त्रणमा सबैभन्दा बढी भूमिका समुदायको रहने गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ९ : ५३ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।