क्रान्तिकारीले नयाँ धरातलबाट सोचौँ : पूर्वप्रधानमन्त्री खनाल | Khabarhub Khabarhub

क्रान्तिकारीले नयाँ धरातलबाट सोचौँ : पूर्वप्रधानमन्त्री खनाल


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षको सुरुवातसँगै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरू, प्रगतिशील शक्तिहरू तथा देशभक्तहरूले नयाँ धरातलबाट सोच्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने, ‘नयाँ वर्षको अवसरमा सबै कम्युनिष्ट क्रान्तिकारीहरूले नयाँ धरातलबाट सोचौँ, विगतमा कहाँ गल्ती भयो सबैले समीक्षा गरौँ, वर्तमान सङ्कटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात गरौँ ।’

उनले २०८४ सालमा हुने निर्वाचनलाई ध्यानमा राख्दै कम्युनिष्टहरू बीचको फुट र विभाजनले ल्याउने परिणामको बारेमा सचेत हुन सबैलाई आग्रहसमेत गरेका छन् । ‘वैज्ञानिक समाजवाद नै अब सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको साझा लक्ष्य हो भन्ने कुरामा एकमत बनौँ, पुँजीवादी जनवाद, बहुदलीय जनवादका थोत्रा बनिसकेका अवधारणाबाट मुक्त बनौँ’, उनले भनेका छन् ।

नेपाली विशेषताको समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति र लक्ष्यका आधारमा एकताबद्ध हुनुपर्ने उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीलाई सर्वहारा श्रमिक वर्गको स्वतन्त्र क्रान्तिकारी शक्तिका रुपमा खडा गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : १७ बजे

जेन–जीको आन्दोलनले रोकियो ‘जारी–२’ ट्रेलर रिलिज कार्यक्रम 

काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शनले वृहत् रूप लिएपछि ‘जारी–२’ निर्माण पक्षले

आजका समाचार : जेन-जीको प्रदर्शनमा १९ जनाको मृत्यु, गृहमन्त्रीले दिए राजीनामा र बन्धक रिहा गर्न हमास तयार 

ट्रमा सेन्टरमा ज्यान गुमाउने कलेजका विद्यार्थी पनि, अधिकांश घाइते १६

जेन–जीको आन्दोलनले रोकियो फिल्म ‘अभिमन्यु’को प्रदर्शन

काठमाडौं– जेन–जी पुस्ताको आन्दोलनको कारण फिल्म ‘अभिमन्यु’को प्रदर्शन रोकिएको छ

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

नेपालमा भएको प्रदर्शनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले के छापे ?

काठमाडौं- नेपालमा भएको हिंसात्मक प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि महत्वका