‘स्काभेटर’ दुर्घटनामा दुईजनाको मृत्यु | Khabarhub Khabarhub

‘स्काभेटर’ दुर्घटनामा दुईजनाको मृत्यु


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा चङ्खेली गाउँपालिका– २ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताए ।

चङ्खेली गाउँपालिकाको लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २–०३–००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ ।

चालक अर्जुन कामीले बिग्रेको स्काभेटर चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुबै जनाको उपचारका लागि श्रीमष्ठा प्राथमिक स्वास्थ्यचौकी पुर्‍याइएकाे थियो  ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : ४७ बजे

बाबुराम भट्टराईको घरमा आगजनी

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा जेन-जी प्रदर्शनकारीले आगो

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा

सुरुङ्गा– झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यु आदेश जारी गरेको

मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै सेनाको गोप्य सुरक्षामा

काठमाडौं– प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई

कांग्रेस सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिएका छन्

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।