वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित « Khabarhub

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बाँके– आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि बाँकेका किसान चिन्तित भएका छन् । 

किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्‍याएकाे डुडुवा गाउँपालिका– ५ कम्दीका किसान सूर्यलाल यादवले बताए । खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ ।

नकाटेको ठाडो गहुँबालीमासमेत हुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएकाे उल्लेख गर्दै यादवले भने, ‘यसपाली गहुँ राम्रो फलेको थियो, भित्र्याउने बेलामा हुरी र बेमौसमी वर्षाले क्षति पुर्‍यायाे ।’

नेपालगञ्ज– १७ थुकैला गाउँका किसान रामसुरत बर्माले असिनापानी र हुरीले गहुँबालीमा ठूलो क्षति पुर्‍याएकाे बताए ।

गहुँ पाकेर स्याहार्ने सुरसारमा रहेका यहाँका किसानलाई असिना पानी र हुरीले चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पुर्‍याएकाे बताए ।

उनले जिल्लाभरमा के कति क्षति पुगेकोबारे आफूहरूले अनुगमन गरिरहेको र आठवटै पालिकामा रहेका कृषि शाखालाई विवरण सङ्कलन गरेर कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको जानकारी दिए । बाँकेमा गत बुधबार अपरान्हदेखि रातभर हुरी र वर्षाले गहुँबालीमा क्षति पुर्‍याएकाेमा आइतबार साँझ परेको वर्षाले किसानलाई गहुँबाली भित्र्याउनमा पनि समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले नयाँवर्षको पूर्व सन्ध्यामा आएको बेमौसमी वर्षा र हुरीले किसानलाई दुःखी बनाएको बताए । उनले वर्षाले पाकेको गहुँबाली, मसुरो र अरहर खेतीमासमेतमा क्षति पुर्‍याएकाे बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : ५९ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान