अबुधाबीमा दक्ष कामदार २५ लाख पुग्यो, ८२ प्रतिशतले वृद्धि « Khabarhub

अबुधाबीमा दक्ष कामदार २५ लाख पुग्यो, ८२ प्रतिशतले वृद्धि


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो ‘वर्क फोर्स’ को तथ्याङ्क सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत् अबुधाबी मिडिया कार्यालयले ‘सङ्ख्यामा अबुधाबी’ शृङ्खलाअन्तर्गत यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

मिडिया कार्यालयले यो तथ्याङ्क पारम्परिक रुपबाट तेलबाट सञ्चालित अर्थव्यवस्थाबाट साथै विविधतापूर्ण ज्ञानमा आधारित अर्थव्यवस्थाबाट प्राप्त भएको उल्लेख छ । जसलाई ‘सफल परिवर्तन’ का रुपमा व्याख्या गरिएको छ । यो परिवर्तन प्रमुख रुपमा रणनीतिक लगानीको मुख्य क्षेत्रबाट प्राप्त भएको उल्लेख छ ।

कामदारको वृद्धिसँगै आंशिक रुपमा इमिरेट्सको जनसङ्ख्यामा ८३ प्रतिशतको वृद्धि भएको छ ।

यसबाहेक सन् २०११ र २०२३ को बीचमा गैर–तेल जीडीपीमा ५९ प्रतिशतको वृद्धि भएको छ । जुन वित्त, औद्योगिक, स्वास्थ्य सेवा र पर्यटनजस्ता क्षेत्रअन्तर्गत पर्छ । यसबीचमा बाह्य लगानीमा वृद्धि भएको छ । जसमा ३०० प्रतिशतको प्रभावशाली वृद्धि भएको देखाइएको छ ।

तथ्याङ्कअनुसार सेतो रङ्गका प्रशासकीय कामदारको सङ्ख्या १०९% ले वृद्धि भएको छ । निलो रङ्गका दक्ष कामदार को सङ्ख्या ६५% ले वृद्धि भएको छ ।

दक्ष कामदारका लागि तीव्र गतिका रुपमा अबुधाबी विश्वव्यापी हबका रुपमा विकास भइरहेको छ ।

सन् २०११ र २०२३ का बीचमा कामदारको सङ्ख्या ८२ प्रतिशतले वृद्धि हुँदा २५ लाख कामदार वृद्धि भएको अबुधाबीस्थित तथ्याङ्क केन्द्रले जनाएको छ ।

कुल कामदारमा सेतो रङ्गका प्रशासनिक कर्मचारीले ४६ प्रतिशत ओगटेको छ । यो वृद्धि जादुमयी तरिकाले १३ वर्षको अवधिमा १०९ प्रतिशतले वृद्धि भएको गल्फन्युजले लेखेको छ ।

त्यस्तै कुल कामदारमा दक्ष निलो रङ्गका कामदारले ५४ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०११ र सन् २०२३ का बीचमा ६५ प्रतिशतले वृद्धि भएको हो ।

अब अबुधाबीले व्यवसाय र नवप्रवर्तनको लागि विश्वव्यापी केन्द्रका रुपमा आफूलाई स्थापित गरिरहेका बेला दक्ष प्रतिभाको आगमनले यसको आर्थिक गतिलाई कायम राख्न र भविष्यको वृद्धिलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ११ : ०५ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको