अबुधाबीमा दक्ष कामदार २५ लाख पुग्यो, ८२ प्रतिशतले वृद्धि « Khabarhub

अबुधाबीमा दक्ष कामदार २५ लाख पुग्यो, ८२ प्रतिशतले वृद्धि


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो ‘वर्क फोर्स’ को तथ्याङ्क सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत् अबुधाबी मिडिया कार्यालयले ‘सङ्ख्यामा अबुधाबी’ शृङ्खलाअन्तर्गत यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

मिडिया कार्यालयले यो तथ्याङ्क पारम्परिक रुपबाट तेलबाट सञ्चालित अर्थव्यवस्थाबाट साथै विविधतापूर्ण ज्ञानमा आधारित अर्थव्यवस्थाबाट प्राप्त भएको उल्लेख छ । जसलाई ‘सफल परिवर्तन’ का रुपमा व्याख्या गरिएको छ । यो परिवर्तन प्रमुख रुपमा रणनीतिक लगानीको मुख्य क्षेत्रबाट प्राप्त भएको उल्लेख छ ।

कामदारको वृद्धिसँगै आंशिक रुपमा इमिरेट्सको जनसङ्ख्यामा ८३ प्रतिशतको वृद्धि भएको छ ।

यसबाहेक सन् २०११ र २०२३ को बीचमा गैर–तेल जीडीपीमा ५९ प्रतिशतको वृद्धि भएको छ । जुन वित्त, औद्योगिक, स्वास्थ्य सेवा र पर्यटनजस्ता क्षेत्रअन्तर्गत पर्छ । यसबीचमा बाह्य लगानीमा वृद्धि भएको छ । जसमा ३०० प्रतिशतको प्रभावशाली वृद्धि भएको देखाइएको छ ।

तथ्याङ्कअनुसार सेतो रङ्गका प्रशासकीय कामदारको सङ्ख्या १०९% ले वृद्धि भएको छ । निलो रङ्गका दक्ष कामदार को सङ्ख्या ६५% ले वृद्धि भएको छ ।

दक्ष कामदारका लागि तीव्र गतिका रुपमा अबुधाबी विश्वव्यापी हबका रुपमा विकास भइरहेको छ ।

सन् २०११ र २०२३ का बीचमा कामदारको सङ्ख्या ८२ प्रतिशतले वृद्धि हुँदा २५ लाख कामदार वृद्धि भएको अबुधाबीस्थित तथ्याङ्क केन्द्रले जनाएको छ ।

कुल कामदारमा सेतो रङ्गका प्रशासनिक कर्मचारीले ४६ प्रतिशत ओगटेको छ । यो वृद्धि जादुमयी तरिकाले १३ वर्षको अवधिमा १०९ प्रतिशतले वृद्धि भएको गल्फन्युजले लेखेको छ ।

त्यस्तै कुल कामदारमा दक्ष निलो रङ्गका कामदारले ५४ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०११ र सन् २०२३ का बीचमा ६५ प्रतिशतले वृद्धि भएको हो ।

अब अबुधाबीले व्यवसाय र नवप्रवर्तनको लागि विश्वव्यापी केन्द्रका रुपमा आफूलाई स्थापित गरिरहेका बेला दक्ष प्रतिभाको आगमनले यसको आर्थिक गतिलाई कायम राख्न र भविष्यको वृद्धिलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ११ : ०५ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति