‘कार्साङ’ निर्देशक यम शेर्पाले फिल्म ‘मिरमिरे’ निर्देशन गर्ने « Khabarhub

‘कार्साङ’ निर्देशक यम शेर्पाले फिल्म ‘मिरमिरे’ निर्देशन गर्ने


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत पुस २६ बाट प्रदर्शनमा आएको फिल्म ‘कार्साङ’का निर्देशक यम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’ निर्देशन गर्ने भएका छन् । उनको निर्देशन रहने यो दोस्रो फिल्म हो ।

नयाँ वर्षको अवसर पारी निर्देशक शेर्पाले दोस्रो फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मको थिम पोस्टर सार्वजनिक गरी उनले यही वर्ष फिल्म प्रदर्शनमा आउने जानकारी समेत दिएका छन् ।

पोस्टरमा एक महिला र एक पुरुष पहाडमा उभिएका छन् । उनीहरुको पृष्ठभूमिमा उदाउँदो सूर्य छ । थिम पोस्टरले फिल्म ग्रामीण कथामा बन्ने सङ्केत गर्छ ।

निर्देशक शेर्पाका अनुसार यो फिल्म सामाजिक कथामा बन्न लागेको हो । अहिले कलाकार चयनको काम भने बाँकी रहेको निर्देशक शेर्पाले बताए ।

उनले भने, ‘कलाकार चयनको काम चाँडै हुन्छ र हामी सार्वजनिक गर्दै जानेछौं ।’

फिल्मको लेखक निर्देशक शेर्पा आफैँ हुन् । निर्माताहरू भने निमु शेर्पा र चोङ्वा लामा हुन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  २ : ०७ बजे

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम