‘कार्साङ’ निर्देशक यम शेर्पाले फिल्म ‘मिरमिरे’ निर्देशन गर्ने « Khabarhub

‘कार्साङ’ निर्देशक यम शेर्पाले फिल्म ‘मिरमिरे’ निर्देशन गर्ने


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत पुस २६ बाट प्रदर्शनमा आएको फिल्म ‘कार्साङ’का निर्देशक यम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’ निर्देशन गर्ने भएका छन् । उनको निर्देशन रहने यो दोस्रो फिल्म हो ।

नयाँ वर्षको अवसर पारी निर्देशक शेर्पाले दोस्रो फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मको थिम पोस्टर सार्वजनिक गरी उनले यही वर्ष फिल्म प्रदर्शनमा आउने जानकारी समेत दिएका छन् ।

पोस्टरमा एक महिला र एक पुरुष पहाडमा उभिएका छन् । उनीहरुको पृष्ठभूमिमा उदाउँदो सूर्य छ । थिम पोस्टरले फिल्म ग्रामीण कथामा बन्ने सङ्केत गर्छ ।

निर्देशक शेर्पाका अनुसार यो फिल्म सामाजिक कथामा बन्न लागेको हो । अहिले कलाकार चयनको काम भने बाँकी रहेको निर्देशक शेर्पाले बताए ।

उनले भने, ‘कलाकार चयनको काम चाँडै हुन्छ र हामी सार्वजनिक गर्दै जानेछौं ।’

फिल्मको लेखक निर्देशक शेर्पा आफैँ हुन् । निर्माताहरू भने निमु शेर्पा र चोङ्वा लामा हुन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  २ : ०७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्