पूर्वराजालाई एमालेले भन्यो- फागुन ७ मा अगाडि बढेँ भनिसकेपछि चैत १५ को जिम्मा लिनुपर्छ « Khabarhub

पूर्वराजालाई एमालेले भन्यो- फागुन ७ मा अगाडि बढेँ भनिसकेपछि चैत १५ को जिम्मा लिनुपर्छ

तीनकुनेको विध्वंश अराजकता भएको निष्कर्ष


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको विध्वंश र तोडफोडलाई अराजकता भनेको छ।

सोमबार बसेको सचिवालय बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ वर्ष २०८२ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशमा राजनीतिक अभिष्ठ लुकेको बताएका छन् ।

‘नयाँ वर्ष २०८२ को सन्देशमार्फत् पूर्वराजाको अभिव्यक्ति बाहिरिएको छ’, उनले भने, ‘अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा पूर्वराजामा रहेछ । अहिलेका उपलब्धिहरूलाई पछि फर्काउन सकिन्छ कि भन्ने आशा उनीमा जीवितै रहेको हामीले पायौँ ।’

ज्ञवालीले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने बताए । ‘फागुन ७ गते म अगाडि बढिसकेँ भनेर चैत १४ गते कमान्डर तोकिसकेपछि चैत १५ को घटनाबाट जवाफदेही हुनबाट पूर्वराजाले पछि हट्न पाउँदैनन्’, उनले भने, ‘चैत १५ को घटनालाई नेपाली जनताले अस्वीकार गरिसके । त्यसो भएपछि पूर्वराजाले मैले हिँडेको बाटो र जिम्मा दिएका पात्र गलत रहेछन् भन्ने स्वीकारेर अहिलेको प्रणालीलाई सघाएर जान्छु भन्नुको साटो अझै उकास्ने काम भइरहेको छ ।’

ज्ञवालीले अहिलेको सरकारलाई जवाफदेही बन्न भनिरहँदा पूर्वराजा शाहको शासनको बेलाको अवस्था के थियो स्मरण गर्न पनि भनेका छन् । ‘उहाँको नेतृत्वको तन्त्रले जनताको अधिकार खोसेकाले, पटक पटक सम्झौता उलंघन गरेकाले गणतन्त्र ल्याउनुपरेको थियो’, उनले भने, ‘तीनकुने घटनामा पनि उहाँ जवाफदेही र जिम्मेवार नभएर फेरि यो व्यवस्था उल्ट्याउन खोज्नु गलत हो ।’

उनले तीनकुनेट घटनमा अहिले पनि अनुसन्धान चलिरहेको बताए । ‘केही मानिस गिरफ्तार छन् । तर पनि तीनकुने प्रकरणमा नैतिक रुपमा पूर्वराजा जवाफदेही हुनुपर्छ’, उनले भने, ‘चैत १५ गतेको घटनालाई उहाँले जनताको जागरण भन्नु भयो । सर्वसाधारणको घरमा तोडफोड, सरकारी कार्यालयमाथि विध्वंश र राजनीतिक पार्टीको कार्यालयमा भएको आगजनी जागरण होइन त्यो अराजकता हो ।’

ज्ञवालीले अहिलेको अवस्थामा मुलकुले लोकतान्त्रिक गणतन्त्रको कोर्स समातिसकेकाले पूर्वराजालाई ज्ञानेन्द्रलई पछाडि फर्किने कुरामा बल नगर्न पनि सुझाएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : १७ बजे

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौं– आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को