ट्रेड टावरले वैशाख ८ गतेदेखि आइपीओ ल्याउने « Khabarhub

ट्रेड टावरले वैशाख ८ गतेदेखि आइपीओ ल्याउने


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको थापाथलिमा अवस्थित ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गर्ने भएको हो ।

वैदेशिक रोजगारीमा गएकाका लागि पहिलो चरणमा ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २२ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधरको लागि निष्काशनको अनुमति पाएको थियो ।

हाल कम्पनीको जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ बराबरको रहेको छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : २७ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट