म्यान्मारका भूकम्पपीडितलाई खाना खुवाउँदै, राहत बाँड्दै नेपाली भाषी « Khabarhub

म्यान्मारका भूकम्पपीडितलाई खाना खुवाउँदै, राहत बाँड्दै नेपाली भाषी


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत १५ चैतमा म्यानमारलाई केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण हजारौँले ज्यान गुमाएका छन् । थाइल्यान्डमा पनि शक्तिशाली धक्का दिएको भूकम्पका कारण धेरै क्षति म्यान्मारमै भएको छ।

७.२ म्याग्निच्युडको उक्त भूकम्पपछिको भौतिक क्षतिको अझै लेखाजोखा छैन । नेपाली सेनाको टोली पनि एक साता लामो राहत तथा उद्धार अभियानमा जोडिएर फिर्ता भइसकेको छ ।

अहिले पनि त्यहाँका भूकम्पपीडितलाई राहत र उद्धारको खाँचो छ। अहिले त्यहाँ नेपालीभाषीहरू पनि भूकम्पपीडितको राहत र उद्धारमा सक्रिय छन् ।

अहिले नेपाली भाषीहरूले भूकम्प पीडितको उद्धारमा जुटेकाहरूलाई खीर, खाना र पानी खुवाउँदै सेवा गरिरहेका छन् ।

अन्य भूकम्पपीडितिहरूलाई भने त्यहाँस्थित नेपाली भाषीले राहत बाँडिरहेका छन् । अहिले त्यहाँ समाजसेवी कालु पौडयालले सरकार नपुगेको ठाउँमा पुगेर राहत बाँडिरहेका छन् ।

उनले सरकारले राहत दिन नसकेका ठाउँमा पुगेर आफूले भूकम्पपीडित र उद्धारमा सक्रिय भएकालाई खानासहिका कुरा वितरण गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : २९ बजे

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट