मातृभाषा हराएकामा देउवाको चिन्ता – सब नेपाली बोल्छन्, हुँदाहुँदा छोरासँग अंग्रेजी बोल्छन् « Khabarhub

मातृभाषा हराएकामा देउवाको चिन्ता – सब नेपाली बोल्छन्, हुँदाहुँदा छोरासँग अंग्रेजी बोल्छन्


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमेलीले मातृभाषा बोल्न छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नयाँ वर्षको अवसरमा सुदूरपश्चिममा मनाइने ‘बिसु पर्व’ को शुभकामना आदानप्रदानका लागि सोमबार देउडा समाजले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले सुदूरपश्चिमेलीले आफ्नो भाषा बोल्न छाडेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘सुदूरपश्चिमको भाषा करिब–करिब हराउँदैछ, के गर्नुहुन्छ । कोही बोल्दैनन् आफ्नो पश्चिमको भाषा,’ पूर्वप्रधनमन्त्री देउवाले भने, ‘सब नेपाली बोल्छन् । हुँदाहुँदा छोरासँग अंग्रेजी बोल्छन् । भाषा हराइसकेको छ ।’

उनले भाषा हराए समाज कमजोर हुने र बिखण्डित हुने भाइ स्मरण गर्दै अन्य मुलुकमा भाषा बचाउने काम भइरहेको बताए ।

‘भाषा भनेको ठूलो कुरा हो । जुन देशको भाषा, जुन समाजको भाषा लुप्त हुन्छ, हराउँछ, त्यो समाज नै कमजोर हुन्छ । त्यो नै बिखण्डित हुन्छ भन्ने भनाइ छ,’ देउवाले भने, ‘संसारभरि नै आफ्नो भाषा बचाउनका लागि लडिरहेका छन् । बचाउन काम गरिरहेका छन् ।’

सभापति देउवाले सुदूरपश्चिमको भाषालाई जीवित राख्न सके आगामी दिनमा सुदूरपश्चिमेलीबाट नेपाललाई ठूलो योगदान हुन सक्ने पनि जिकिर गरे । ‘हामीले पनि आफ्नो भाषालाई जीवित राख्न सकेको खण्डमा भोलिका दिनमा सुदूरपश्चिमका दाजुभाइ–दिदीबहिनीबाट नेपाललाई धेरै ठूलो योगदान हुन सक्ने छ,’ उनले भने ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : ५८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।