ट्रेड टावरले आईपीओबाट पैसा उठाएर ऋण तिर्ने, छानो टाल्ने « Khabarhub

ट्रेड टावरले आईपीओबाट पैसा उठाएर ऋण तिर्ने, छानो टाल्ने


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथली र गौशालामा रहेको ट्रेड टावर लिमिटेडलले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिने छ । त्यसपछि नेपालस्थित सर्वसाधारणका लागि आईपीओ आउने छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ निष्काशनको अनुमति पाएको छ ।

कम्पनीले आईपीओबाट उठेको रकम बैंकको साँवा र ब्यान भुक्तानी गर्ने र छानो मर्मत गर्ने भएको छ ।

कम्पनीले उठेको रकममध्ये ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंक कर्जा तथा ब्याजको भुक्तानी गर्ने जानकारी दिएको छ । थप ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपतिको क्षमता वृद्धि, होटल रुम थप तथा सोना स्पाको सुविधा थप गर्ने जानकारी दिएको छ ।

कम्पनीले ७९ लाख ६९ हजार ३०० रुपैयाँ भने ट्रेड टावर थापाथलीस्थित भवनको डोम तथा छाना मर्मत गर्न खर्च गर्ने कम्पनीले बताएको छ ।

कस्तो छ कम्पनी ?

ट्रेड टावरको जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ बराबरको रहेको छ । कम्पनीले तीन वर्ष लगातार नाफा गरेको छ । कपनीले आर्थिक वर्ष २०७८/७९ मा १ करोड ३८ लाख ६३ हजार रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०७९÷८० मा २ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ म ४ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो । आर्थिक वर्ष २०८१÷०८२ को पुस मसान्तसम्ममा कम्पनीको नाफा ५ करोड ६० लाख ४८ हजार रुपैयाँ नाफा थियो ।

कम्पनीले आगामि तिन आर्थिक वर्षमा ०८१/८२ मा ६ करोड ६१ लख ६३ हजार, ०८२/८३ मा १० करोड १५ लाख ८ हजार र आव ०८२/८३ मा १२ करोड ५५ लाख ५१ हजार रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७८/७९ मा १०३ रुपैयाँ ९७ पैसा रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा १०७ रुपैयाँ १२ पैसा रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा १२३.०५ रुपैयाँ थियो भन आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्ममा ११३ रुपैयाँ ३५ पैसा प्रतिशेयर नेटवर्थ रहेको छ ।

कम्पनीले आगामि तीन आर्थिक वर्षमा ०८१/८२ मा १०८ रुपैयाँ ११ पैसा, ०८२/८३ मा ११२ रुपैयाँ ४५ पैसा र आव ०८२/८३ मा ११५ रुपैयाँ ३५ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रतिशेयर आमदानी आर्थिक वर्ष २०७८/७९ मा २.०६ रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा ३ रुपैयाँ ५९ रुपैयाँ रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ५ रुपैयाँ ६३ पैसा थियो भने आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्ममा १ रुपैयाँ ८८ पैसा प्रतिशेयर आमदानी रहेको छ ।

कम्पनीले आगामि तिन आर्थिक वर्षमा ०८१/८२ मा २ रुपैयाँ २ पैसा, ०८२/८३ मा ४ रुपेयाँ ३३ पैसा र आव ०८२/८३ मा ५ रुपैयाँ ९५ पैसा प्रतिशेयर आमदानी पुग्ने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : २८ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान