पाकिस्तानी प्रहरीद्वारा केएफसी हमलामा संलग्न १६० जना पक्राउ « Khabarhub

पाकिस्तानी प्रहरीद्वारा केएफसी हमलामा संलग्न १६० जना पक्राउ


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भिडले केएफसी रेस्टुरेन्टमा २० वटा छुट्टै आक्रमण गरेपछि करिब एक सय ६० जनालाई पक्राउ गरिएको र एकजना कर्मचारीको गोली हानी हत्या गरिएको सरकारले शनिबार बताएको छ ।

अमेरिकी–स्थापित फास्ट फुड चेन केएफसी गाजामा युद्ध सुरु भएदेखि नै इस्लामवादी दलहरूले गरेको विरोध र बहिष्कार आह्वानको लक्ष्य बनेको छ, जसले ब्रान्डलाई इजरायलका लागि अमेरिकी समर्थनसँग जोडेको छ ।

भिडले यस महिना केएफसी बाहिर बारम्बार विरोध प्रदर्शन गरेको छ, झ्यालहरू तोडेको छ, आगो लगाएको छ र कर्मचारीहरूलाई धम्की दिएको छ ।

‘केएफसी आक्रमणमा परेको’ वर्णन गर्दै उप गृहमन्त्री तलाल चौधरीले शनिबार एक पत्रकार सम्मेलनमा भन्नुभयो, “पाकिस्तानभर कुल २० घटना भए, एक व्यक्तिको मृत्यु भएको छ । ती व्यक्ति केएफसीका कर्मचारी थिए ।”

केएफसीका कर्मचारीको आइतबार पञ्जाब प्रान्तको राजधानी लाहोरको बाहिरी इलाकामा रहेको एक शाखामा गोली हानेर हत्या गरिएको थियो ।एक प्रहरी अधिकारीले गोली हानाहानको उद्देश्य के थियो वा यो हालैको विरोध प्रदर्शनसँग जोडिएको छ कि छैन भन्ने स्पष्ट नभएको बताए ।

पाकिस्तान–प्रशासित काश्मीर क्षेत्रमा गत वर्ष मार्चमा प्रदर्शनकारीहरूले ‘फ्रि प्यालेस्टाइन’ को नारा लगाउँदै एक केएफसी रेस्टुरेन्टमा आगो लगाएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ६ : १३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको