बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्ले अफ गुमाउने « Khabarhub

बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्ले अफ गुमाउने


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोस बटलर, ज्याकोब  बेथेल  र विल जयाक्सले यस सिजनको आईपीएल प्ले अफ गुमाउने भएका छन् ।

भारत र पाकिस्तानको सीमामा तनाव बढेपछि इंग्ल्याण्डका यी खेलाडीले भारत छाडेका थिए ।

आईपीएलको नयाँ तालिका सार्वजनिक भए पनि उनीहरू अन्तर्राष्ट्रिय खेलमा आबद्ध हुने भएका कारण आईपीएलको प्ले अफ गुमाउने पक्का भएको हो ।

रोयल च्यालेन्जर बंगलोरका बेथेलले अबको दुई खेल खेल्ने छन् । यसपछि उनी एक दिवसीय खेलका लागि देश फर्कने छन् ।

बटलर र ज्याक्स पनि आईपीएल खेल्न भारत फर्केपछि प्ले अफ गुमाएर इंग्ल्याण्ड नै पुग्ने छन् ।

आईपीएलको मेगा अक्सन अगाडी नै इंग्ल्याण्ड क्रिकेट बोर्ड (इसीबी)ले त्यहाँका खेलाडी पूर्ण रूपले उपलब्ध हुने जनाएको थियो । त्यो प्रतिबद्धता इसीबीले जनाएको भए पनि अहिले तालिकामा नै परिवर्तन आएका कारण त्यो सम्भव नभएको हो ।

इंग्ल्याण्डले २९ मे बाट सुरु हुने वेस्ट इन्डिजसँगको शृङ्खलाका लागि मंगलबार १६ सदस्यीय टोलीको घोषणा गरेको छ । आईपीएलको  नयाँ तालिका अनुसार २७ मे सम्म पहिलो चरणका खेल हुने छन् । २९ मेबाट प्ले अफ सुरु हुनेछ । २ जुनमा आइपिएलको फाइनल हुनेछ ।

राजस्थान रोयल्सका जोफ्रा आर्चर र चेन्नाईका जेमी ओभरटन पनि मङ्गलबार घोषित टोलीमा भए पनि उनीहरूको टोली पहिलो चरणबाट बाहिरिसकेको छ ।

एक दिवसीय टोलीमा नरहेका लियाम लिभिङस्टोन र फिल साल्ट भने आईपीएलका बाँकी खेलमा उपलब्ध हुने छन् । बैङ्गलोरका रोमारियो सेफर्ड र गुजरात टाइटानका सेरफाने रुदरफोर्ड वेस्ट इन्डिजको टोलीमा आबद्ध हुने सम्भावना छ । यसले ती टोलीलाई थप प्रभाव पार्नेछ । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ५१ बजे

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा