बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्ले अफ गुमाउने « Khabarhub

बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्ले अफ गुमाउने


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोस बटलर, ज्याकोब  बेथेल  र विल जयाक्सले यस सिजनको आईपीएल प्ले अफ गुमाउने भएका छन् ।

भारत र पाकिस्तानको सीमामा तनाव बढेपछि इंग्ल्याण्डका यी खेलाडीले भारत छाडेका थिए ।

आईपीएलको नयाँ तालिका सार्वजनिक भए पनि उनीहरू अन्तर्राष्ट्रिय खेलमा आबद्ध हुने भएका कारण आईपीएलको प्ले अफ गुमाउने पक्का भएको हो ।

रोयल च्यालेन्जर बंगलोरका बेथेलले अबको दुई खेल खेल्ने छन् । यसपछि उनी एक दिवसीय खेलका लागि देश फर्कने छन् ।

बटलर र ज्याक्स पनि आईपीएल खेल्न भारत फर्केपछि प्ले अफ गुमाएर इंग्ल्याण्ड नै पुग्ने छन् ।

आईपीएलको मेगा अक्सन अगाडी नै इंग्ल्याण्ड क्रिकेट बोर्ड (इसीबी)ले त्यहाँका खेलाडी पूर्ण रूपले उपलब्ध हुने जनाएको थियो । त्यो प्रतिबद्धता इसीबीले जनाएको भए पनि अहिले तालिकामा नै परिवर्तन आएका कारण त्यो सम्भव नभएको हो ।

इंग्ल्याण्डले २९ मे बाट सुरु हुने वेस्ट इन्डिजसँगको शृङ्खलाका लागि मंगलबार १६ सदस्यीय टोलीको घोषणा गरेको छ । आईपीएलको  नयाँ तालिका अनुसार २७ मे सम्म पहिलो चरणका खेल हुने छन् । २९ मेबाट प्ले अफ सुरु हुनेछ । २ जुनमा आइपिएलको फाइनल हुनेछ ।

राजस्थान रोयल्सका जोफ्रा आर्चर र चेन्नाईका जेमी ओभरटन पनि मङ्गलबार घोषित टोलीमा भए पनि उनीहरूको टोली पहिलो चरणबाट बाहिरिसकेको छ ।

एक दिवसीय टोलीमा नरहेका लियाम लिभिङस्टोन र फिल साल्ट भने आईपीएलका बाँकी खेलमा उपलब्ध हुने छन् । बैङ्गलोरका रोमारियो सेफर्ड र गुजरात टाइटानका सेरफाने रुदरफोर्ड वेस्ट इन्डिजको टोलीमा आबद्ध हुने सम्भावना छ । यसले ती टोलीलाई थप प्रभाव पार्नेछ । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : ५१ बजे

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा