उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन « Khabarhub

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उरुग्वेका सामाजिक सुधारका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । गत एक वर्षदेखि उनी क्यान्सर रोगसँग सङ्घर्ष गर्दै आएका थिए ।

सन् १९६० मा वामपन्थी सैन्य समूह टुपामारोसको नेताको रूपमा उनको उदय भएको थियो । क्युबाको क्रान्तिबाट प्रेरित सो सङ्गठनले सन् १९६० र ७० को दशकमा देशको राष्ट्रिय सेनाको विरुद्धमा सशस्त्र सङ्घर्ष गरेको थियो ।

सैन्य तानाशाहको शासन रहेको उरुग्वेमा उनले १५ वर्ष जेल जीवन बिताएका थिए । कठोर यातना बिताएका उनी सन् १९८५ मा उरुग्वेमा प्रजातन्त्र स्थापना भएपछि जेलबाट मुक्त भएका थिए ।

त्यसको चार वर्षपछि नै उक्त सैन्य सङ्गठनमा आबद्ध हुनेहरूले राजनीतिक दलको रूपमा मुभमेन्ट अफ पपुलर पार्टीसिपेसनको स्थापना गरेका थिए ।

सन् २००९ मा राष्ट्रपति उम्मेदवार भएका उनले ५० प्रतिशत भन्दा बढी मतसहित सफलता पाएका थिए ।

सन् २०१० देखि २०१५ को बीचमा उनले गरेका धेरै निर्णय अहिले पनि चर्चामा छन् । गाँजा खेतीलाई मान्यता दिएका उनले गर्भपतनलाई पनि वैधानिकता दिएका थिए ।  देशको कार्यकारी प्रमुख रहेकै समयमा पनि उनले खेत किसानीलाई निरन्तरता दिएका थिए ।

यसैबीच, उरुग्वेका राष्ट्रपति यामान्डु ओर्सीले पूर्वराष्ट्रपति जोसे मुजिकाको निधनमा गहिरो दुख व्यक्त गर्दै देशका लागि ठूलो क्षति भएको बताएका छन् । ओरेसी मुजिकाको निकट मानिन्छन् ।  

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ४० बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु