बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण « Khabarhub

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८५, आलु रातो प्रतिकिलो ३४, आलु रातो (भारतीय) प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ६०, मूला रातो प्रतिकिलो ४०, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडीको मूल्य प्रतिकिलो ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १००, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १००, तितो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो २०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ४०, घिरौला प्रतिकिलो ३५, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, सलगम प्रतिकेजी ८०, भिण्डी प्रतिकिलो ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो १००, स्कूस प्रतिकिलो ५०, रायो साग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो ३५, मेथीको साग प्रतिकिलो ८०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ५०, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ३० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकिलो ८०, कोइरालो प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो ६५, ग्याठकोभी प्रतिकेजी ६०, सेलरी प्रतिकिलो २१०, पार्सले प्रतिकिलो ३५०, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो ३००, गान्टे मूला प्रतिकिलो ४०, इमली प्रतिकिलो १९०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३४०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो २७०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो ३५०, भारतीय सुन्तला १४०, तरबुजा हरियो प्रतिकिलो ५०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ५५, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, रुख कटहर प्रतिकिलो ८०, नासपाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १२०, अम्बा प्रतिकिलो १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो २५०, किबी प्रतिकिलो ४६०, आभोकाडो प्रतिकिलो ५८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १२०, खुर्सानी सुकेको प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ४००, भेडे खुर्सानी प्रतिकिलो ९०, लसुन हरियो प्रतिकिलो १२०, हरियो धनिया प्रतिकिलो ९०, लसुन सुकेको चाइनिज प्रतिकिलो ३००, लसुन सुकेको नेपाली प्रतिकिलो ३००, ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २४०, रुख टमाटर प्रतिकिलो १६०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो ८०० तोकेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ८ : ५९ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई