नेशनल लाइफले १५ प्रतिशत बोनस दिने  « Khabarhub

नेशनल लाइफले १५ प्रतिशत बोनस दिने 


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीको बुधबार बिहान बसेको ५५०औँ सञ्चालक समितिको बैठकले बोनस दिने निर्णय गरेको हो ।

कम्पनीकी सचिव शर्मिला श्रेष्ठका अनुसार चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने भएको हो ।

चुक्ता पुँजीको १० प्रतिशत अर्थात ५२ करोड १२ लाख १३ हजार रुपैयाँ बराबरको नगद लाभांश र चुक्ता पुँजीको ५ प्रतिशत अर्थात २६ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने कम्पनीले जनाएको छ ।

कम्पनीले १५ प्रतिशत बोनसका लागि लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत अर्थात ४ करोड ११ लाख ४८ हजार रुपैयाँ बराबरको नगद लाभांश समेत दिने भएको सचिव श्रेष्ठले जानकारी दिइन् ।

कम्पनीले प्रस्ताव गरेको उक्त बोनस नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएर आगामी साधाणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने श्रेष्ठले बताइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ११ : ३५ बजे

इरानमाथि युद्ध थोपरिएपछि विरोधमा उत्रियो स्पेन, ट्रम्पले दिए धम्की

मड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इरानमाथि भएको आक्रमणको आलोचना गरेका

जावलाखेल मतदान केन्द्र महिलामैत्री बनाइयो

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरको क्षेत्र नम्बर

भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे

चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले

गृहमन्त्रीद्वारा काठमाडौंको तार्केश्वरको मतदान स्थलको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित काठमाडौं तार्केश्वर नगरपालिका अन्तर्गत

२४ घण्टाभित्रै प्रत्यक्षतर्फको नजिता प्रकाशित गर्छौँ : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा