भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत « Khabarhub

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ संसदमा प्रस्तुत गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।  विधेयक यही वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

उक्त विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक प्रस्तुत गरिएको हो ।

यसअघि गत माघ २ गते अध्यादेशका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक जारी गरेको भए पनि दलहरूबीच कुरा नमिल्दा रोकिएको थियो ।

विधेयकमा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्था,  भूमिहीन सुकुम्वासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई तोकिएको दस्तुरमा जग्गाको स्वामित्व दिने व्यवस्था छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : ५९ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण