स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ « Khabarhub

स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको हो । बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले सिरिजमा नेपाली टीम उच्च मनोबलका साथ उत्रने बताए ।

स्कटल्याण्डमा हुने खेल मध्ये २–३ खेलमा मात्रै जित निकाल्न सके आगामी दिनमा विश्वकप लिग–२ को यात्रा सहज हुने उनले बताए । उनले विश्वकप लिग–२ को सुरुवात सुखद ढंगले हुने विश्वास व्यक्त गरे ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले विश्वकप लिग–२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले नेपाली टीमले आफ्नो क्षमता देखाउने बताउनुभयो । वरियतामा नेपाल अलि तल रहेपनि नेपाली टोलीले राम्रो नतिजा ल्याउने उनको भनाइ छ ।

नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरू खेल्नेछ । त्यसपछि लिग–२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसपछि नेपाली टोली युके भ्रमणमा जाने तालिका रहेको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : ०० बजे

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा