बागमती प्रदेश : बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग « Khabarhub

बागमती प्रदेश : बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बताएका छन् ।

प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा ललितपुरमा आयोजित प्रदेशसभाका महिला सदस्यहरूका लागि सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कार्यक्रमको उद्देश्य लैङ्गिक समानता र समावेशीकरणका साथै बजेट निर्माणमा लैङ्गिक समावेशीकरणलाई जोड दिएर अभिमुखीकरण गर्ने भएको बताए।

उनले भने, ‘प्रदेशसभामा  महिलाहरूको उल्लेख्य सहभागिता छ, अबको समयमा समावेशीकरणमा ठूलो फड्को मार्नेछ भन्ने आशा छ, यस्ता अभिमुखीकरणबाट प्राप्त हुने ज्ञानले सबै वर्ग, समुदाय, जातजाति र लिङ्गबीच समान्जस्यता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ 

कार्यक्रममा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा भएको यो कार्यक्रम आयोजना हुनु सकारात्मक हो भने ।  

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले सकारात्मक सोचको विकास हुँदा जिम्मेवारीमा रहेर सहजै कार्यसम्पादन गर्न सकिने विश्वास व्यक्त गरे। उनले महिला सदस्यलाई सामाजिक समावेशीकरणको अभिमुखीकरण गर्दा आगामी दिनमा तय हुने वार्षिक बजेट र नीति तथा कार्यक्रमलाई लैङ्गिकमैत्री बनाउन प्रभावकारी हुने धारणा राखे । 

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले नेपालको संविधानले अवलम्बन गरेको समावेशीकरणको अवधारणामा रहेर योजना तथा बजेट निर्माणका विषयमा केन्द्रित रहेर सामाजिक समावेशीकरणसम्बन्धी नीतिगत व्यवस्थाका लागि काम गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १ : २५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ