क्यानसँगको सम्झौता तोडेका सन्दीप भन्छन्- कहिलेकाहीँ निर्णय छुट्टिन होइन, अघि बढ्न लिइन्छ « Khabarhub

क्यानसँगको सम्झौता तोडेका सन्दीप भन्छन्- कहिलेकाहीँ निर्णय छुट्टिन होइन, अघि बढ्न लिइन्छ


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमार्फत् क्यानसँगको सम्झौतालाई निरन्तरता दिन नसकिने बताएका हुन् । ‘धेरै सोच विचारपछि मैले यसपटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु,’ उनले लेखेका छन् ।

बुधबार क्यानले स्कटल्याण्डमा हुने आगामी सिरिजमा खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको केहीपछि सन्दीपले यस्तो निर्णय लिएका हुन् । लामिछानेले आफूलाई क्यानले निरन्तर सहयोग गरेको भन्दै धन्यवाद पनि दिएका छन् ।

उनले धेरै सोचविचारपछि केन्द्रीय अनुबन्ध अन्तर्गत नरहने निर्णय गरेको बताउँदै तर क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो व्यक्तिगत र पेशागत रूपमा अझ परिपक्व हुने दिशातर्फको एक यात्रा हो ।’

उनले नेपाली क्रिकेट र आफ्नो व्यक्तिगत विकासमा क्यानको भूमिका निकै महत्वपूर्ण रहँदै आएको पनि बताएका छन् ।

म स्पष्ट रूपमा भन्न चाहन्छु, ‘सधैँझैँ त्यही जोश र समर्पणका साथ नेपालका लागि क्रिकेट खेलिरहनेछु, । यो गौरव र जिम्मेवारी सधैँ मेरो हृदयमा रहनेछ ।’

उनले जिन्दगी एक यात्रा भएको बताउँदै जहाँ समयसँगै बाटो र जिम्मेवारीहरू पनि रूपान्तरण हुने बताएका छन् । ‘अझै धेरै कुरा बाँकी छ—हेर्न, दिन र बन्न । म यो यात्राका आगामी अध्यायहरूप्रति उत्साहित छु—क्रिकेटसँगै, अनि त्योभन्दा पर पनि ।’

उनले देशप्रतिको निष्ठा र खेलप्रतिको मोह सधैँ आफ्नो कर्मको मूल केन्द्रमा रहने बताएका छन् । ‘कहिलेकाहीँ निर्णयहरू छुट्टिन होइन, बढ्न र उद्देश्य खोज्न गरिन्छ’, उनले भनेका छन्, ‘यात्रा जारी छ—नयाँ ऊर्जा र खुला मनका साथ ।’

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ३ : ५१ बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली