देशभरका अस्पतालमा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन « Khabarhub

महालेखाको प्रतिवेदन

देशभरका अस्पतालमा करोडौँ मूल्यका उपकरण प्रयोगविहीन

बीपी प्रतिष्ठानमा भेन्टिलेटर सहितको २० आइसीयु र ट्रमा सेन्टरका १४ थान भेन्टिलेटरसमेत प्रयाेगविहीन


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमडौं– विभिन्न अस्पतालहरूले विगतमा खरिद गरेका करोडौँ मूल्यका उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । 

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षणको सारांशअनुसार कोशी अस्पतालमा भेण्टिलेटर लगायत २ करोड ८ लाख ६५ हजार मूल्यका ५ प्रकारका उपकरण, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विगतमा आफैंले खरिद गरेको थियो ।

स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर लगायत ४ करोड २९ लाख ६५ हजार मूल्यका ७ प्रकारका उपकरण र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको ५ करोड ५९ लाख ४९ हजार मूल्यको पोर्टेबल, यु.एस.जी मेसिन र ११ थान भेन्टिलेटर, शहीद गंगालाल हृदयरोग केन्द्रमा २ करोड २५ लाख मूल्यको प्लाज्मा स्ट्रेलाइजर मेसिन १ थान लगायतका उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको हो । 

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपलब्ध कोभिड १९ प्रयोजनको लागि स्थापना भएको बेडको अस्पताल तत्पश्चात डेङ्गु उपचारका लागि प्रयोगमा ल्याइएकोमा हाल भेन्टिलेटर सहितको २० आइसीयु र सो अस्पतालमा प्रयोग भएका २४ करोड ५१ लाख ५२ हजारको उपकरण, ट्रमा सेन्टर अस्पतालमा मुटुरोगको उपचारमा प्रयोग हुने अमेरिकी डलर ५० हजार ५ सयको क्याथल्याब मेसिन तथा २ करोड ५१ लाख ३२ हजार मूल्यको १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजारका ५ थान सि आर्म मेसिन र ९९ लाख ६६ हजार मूल्यका ब्याकम्यान काउण्टर बिग्रिएका कारण सञ्चारणमा नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरी लागत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउन सुझाव दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ५ : २९ बजे

‘बालेन साहमाथि गोली प्रहार’ भन्दै भ्रामक पोस्ट गर्ने युवक पक्राउ

काठमाडौं- सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साह माथि गोली प्रहार’

खामेनीको हत्याले विश्वलाई जंगल राजतिर धकेल्छ : चीन

काठमाडौं- चीनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यालाई जंगल

बालेनमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

स्वास्थ्यमन्त्री र माल्दिभ्सका लागि गैर–आवासीय राजदूतबीच भेटवार्ता, के-के भयो छलफल ?

काठमाडौंं– स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतम र माल्दिभ्सका लागि

इरानमाथि भएको आक्रमणबारे उत्तर कोरियाले के भन्यो ?

काठमाडौं- उत्तर कोरियाले इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणलाई अवैध