दाता सङ्लग्न आयोजनालाई साढे सात अर्ब राजस्व छुट, तर छैन पूर्ण अभिलेख « Khabarhub

महालेखापरीक्षकको प्रतिवेदन

दाता सङ्लग्न आयोजनालाई साढे सात अर्ब राजस्व छुट, तर छैन पूर्ण अभिलेख


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका आयोजनामा ऋण लगानी र अनुदान लगाएका दाताहरूलाई सरकारका सदस्य तथा कर्मचारीहरूले दबाब/प्रभावमा परी एकै वर्ष साढे सात अर्ब रुपैयाँभन्दा बढी राजस्व छुट दिएको पाइएको छ ।

महालेखापरीक्षकको बासट्ठिऔँ प्रतिवेदनमा राजस्व सङ्कलन मामिलामा राज्यसंयन्त्रको यस्तो लापरवाही उल्लेख भएको हो । यतिसम्म कि, भन्सार विभागले दातालाई पैठारी हुने सामग्री तथा उपकरणमा लाग्ने राजस्व छुट दिएको पूर्ण अभिलेख नै अर्थ मन्त्रालयले राखेको छैन ।

आर्थिक ऐन, २०८० को दफा १८ (३) मा मन्त्रालयले वैदेशिक ऋण वा अनुदानमा सञ्चालित आयोजनाको लागि आयोजना विकास सम्झौताको सर्तको अधीनमा रही कर, शुल्क तथा दस्तुर छुट दिन सक्ने व्यवस्था छ ।

भन्सार विभागको आसिकुडा तथ्याङ्कअनुसार यस सुविधाबमोजिम रु.४३ अर्ब ५६ करोड ४८ लाख ३० हजार पैठारी मूल्यका मालवस्तुमा सात अर्ब ५२ करोड ९८ लाख ८५ हजार छुट दिएको देखिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

‘यसरी सुविधामा पैठारी हुने सामग्री तथा उपकरणमा लाग्ने राजस्व छुट दिएको रकमको पूर्ण अभिलेख मन्त्रालयले राखेको छैन’, प्रतिवेदनमा लेखिएको छ, ‘सम्बन्धित आयोजनाले बोलपत्र आह्वान गर्नुअगावै मास्टरलिष्ट स्वीकृत गराएको अवस्थामा मात्र छुट दिने व्यवस्था कार्यान्वयन गरी राजस्व छुटको अभिलेख व्यवस्थित गरिनुपर्दछ ।’

साथै; छुट सुविधामा पैठारी भएका मालवस्तुको उपयोग सोही आयोजनामा मात्र भए/नभएको अनुगमनसमेत गर्न महालेखाले सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ३७ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक