‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान « Khabarhub

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा देखिँदै छन् । आमिरको महत्वांकाक्षी फिल्म ‘सितारे जमिन पर’ जुन २० बाट हलमा लाग्दैछ ।

यस लगत्तै जीवनकै महत्वांकाक्षी फिल्म ‘महाभारत’मा काम गर्ने उनले घोषणा गरेका छन् । यो फिल्म निकै विशेष रहेको उनले बताउँदै आएका छन् ।

उनले भनेका छन्, ‘महाभारतमा मेरो भूमिका यस्तो विशेष छ, जुन निर्वाह गरेपछि मैले गर्न बाँकी केही नै रहँदैन जस्तो मलाई महसुस भएको छ ।’

यही अभिव्यक्तिलाई लिएर आमिरले फिल्मबाट सन्यास लिगेको चर्चा पनि केही साताअघि चलेको थियो ।

तर, अहिले नयाँ खबर बाहिरिएको छ । उनले निर्देशक लोकेश कनगराजको ‘सुपर हिरो थ्रिलर‘ जनरामा बन्ने फिल्ममा अभिनय गर्ने भएका छन् ।

उनले भारतीय मिडिया टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा यसको खुलासा गरेका हुन् । कागजी सम्झौता पनि भइसकेको उनको भनाइ छ ।

आमिरले उक्त फिल्मको नाम भने खुलाएका छैनन् । यद्यपि यो ठूलो बजेटको फिल्म रहेको उनले खुलाए ।

उनले भने, ‘लोकेश र म एकसाथ फिल्म गर्दैछौं। अहिले यो भन्दा बढी खुलाउन मिल्दैन ।’ यो फिल्मको छायाङ्कन २०२६ भित्र पूरा हुने आमिरले बताएका छन् ।

लोकेश ‘कैथी’, ‘विक्रम’ र ‘मास्टर’ जस्ता ब्लकबस्टर फिल्मका निर्देशक हुन् । आमिर निकै सोच विचार गरेर मात्रै फिल्म साइन गर्ने गर्छन् ।

अब यी दुईको सहकार्य गर्ने खबरले फ्यानहरुमा उत्साह पैदा भएको छ । फिल्म प्रेमी दर्शकमा स्वत: उत्साह थपिएको छ ।

विभिन्न भारतीय मिडियाका अनुसार अहिले आमिर निकै व्यस्त छन् । उनी दादासाहेब फाल्केको बायोपिकको तयारीमा पनि रहेका बुझिएको छ ।

अब आमिरले पहिला कुन फिल्मको छायाङ्कन गर्लान् चासोको विषय बनेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ६ : ४६ बजे

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि