चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत « Khabarhub

चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत


३१ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू गरेका चन्द्र पन्तले फेरि अर्को फिल्म ‘आँबाट आमा’ बनाउने तयारीमा छन् । अहिले यस फिल्मका लागि कलाकार चयनको काम भइरहेको छ ।

‘ह्रस्व दीर्घ’मा चन्द्र पन्तले भारतीय कलाकारहरु ब्रह्मानन्द, प्रदीप रावत, सुनील वर्मालगायतलाई अभिनय गराएका थिए ।

दोस्रो फिल्ममा पनि चन्द्रले भारतीय कलाकार प्रदीप रावतलाई अभिनय गराउने भएका छन् । पन्तले रावत फिल्ममा अनुबन्ध भएको खबर शुक्रबार सार्वजनिक गरेका हुन् ।

यसअघि नै फिल्ममा पल शाह र नायिका विपना थापा अनुबन्ध भइसकेको छन् । निर्देशक पन्तका अनुसार प्रदीप पल शाहको बुवाको भूमिकाका लागि अनुबन्ध भएका हुन् ।

पन्तले रावतको भूमिकाबारे थपे, ‘उहाँले नेपाली स्टाइलकै भूमिका निर्वाह गर्नुहुन्छ ।’

चन्द्र पन्त यस फिल्मको छायाङ्कन भदौबाट सुरु हुने बताएका छन् । यस फिल्मको स्क्रिप्ट अभिमन्यु तिवारीले लेखेका हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ७ : २० बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६