इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार « Khabarhub

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेरुसेलमबाट धुवाको मुस्लो तेल अभिभ तर्फ गइरहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार लेखेका छन्।

अहिले ४० इजरायलीको अस्पतालमा उपचार भइरहेको छ। यी मध्यका दुई जना गम्भीर घाइते भएका छन्।

एक दिन अघि इरानको आणविक केन्द्रमा आक्रमण गरेको इजरायलले इस्फाहनको आणविक संरचना पुरै नास भएको जनाएको थियो । त्यसको केही मिनेटमा नै तेल अभिभमा धुवाको मुस्लो देखिएको हो । आक्रमण गरे लगत्तै इरानले इजरायलले ठुलो क्षति सहनु पर्ने बताएको छ ।

‘ट्रु प्रोमिस थ्री’ नामको सो आक्रमणको सुरुवातमा नै धेरै स्थानमा प्रहार गरिएको रेभुलेसनरी गार्डले जनाएको छ । इरानले इजरायलका दुई जेट विमान खसालिएको बताएको छ ।

इरानले मिसाइल आक्रमण सुरु गरेको केही मिनेटपछि नै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘अपरेसन राइजिङ लायन’को लक्ष्य इरानको बालिस्टिक र आणविक चुनौतीलाई नै खत्तम गर्ने भएको बताएका छन् ।

नेतान्याहुले यो आक्रमण इरानको सर्वसाधारणको विरुद्धमा नभएर त्यहाँको आणविक र सैन्य भौतिक संरचनाको विरुद्धमा भएको बताएका छन् । प्रधानमन्त्रीका प्रवक्ताले पनि सबै इजरायलीलाई सुरक्षित स्थानमा जानका लागि भनेका छन् ।

इजरायलमा आक्रमण भएपछि इरानको राजधानी तेहरानमा मनाइएको खुशी। तस्बिर: इपिए

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ५ : ५१ बजे

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा