इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार « Khabarhub

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेरुसेलमबाट धुवाको मुस्लो तेल अभिभ तर्फ गइरहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार लेखेका छन्।

अहिले ४० इजरायलीको अस्पतालमा उपचार भइरहेको छ। यी मध्यका दुई जना गम्भीर घाइते भएका छन्।

एक दिन अघि इरानको आणविक केन्द्रमा आक्रमण गरेको इजरायलले इस्फाहनको आणविक संरचना पुरै नास भएको जनाएको थियो । त्यसको केही मिनेटमा नै तेल अभिभमा धुवाको मुस्लो देखिएको हो । आक्रमण गरे लगत्तै इरानले इजरायलले ठुलो क्षति सहनु पर्ने बताएको छ ।

‘ट्रु प्रोमिस थ्री’ नामको सो आक्रमणको सुरुवातमा नै धेरै स्थानमा प्रहार गरिएको रेभुलेसनरी गार्डले जनाएको छ । इरानले इजरायलका दुई जेट विमान खसालिएको बताएको छ ।

इरानले मिसाइल आक्रमण सुरु गरेको केही मिनेटपछि नै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘अपरेसन राइजिङ लायन’को लक्ष्य इरानको बालिस्टिक र आणविक चुनौतीलाई नै खत्तम गर्ने भएको बताएका छन् ।

नेतान्याहुले यो आक्रमण इरानको सर्वसाधारणको विरुद्धमा नभएर त्यहाँको आणविक र सैन्य भौतिक संरचनाको विरुद्धमा भएको बताएका छन् । प्रधानमन्त्रीका प्रवक्ताले पनि सबै इजरायलीलाई सुरक्षित स्थानमा जानका लागि भनेका छन् ।

इजरायलमा आक्रमण भएपछि इरानको राजधानी तेहरानमा मनाइएको खुशी। तस्बिर: इपिए

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ५ : ५१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका