इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते | Khabarhub Khabarhub

इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार सयभन्दा धेरै ड्रोन आक्रमण गरेको इरानले त्यसपछि मध्यरातमा ब्यालेस्टिक मिसाइल हानेको हो।

इरानले पहिलो चरणको जवाफी कारबाहीमा ब्यालेस्टिक मिसाइलले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको समाचार टाइम्स अफ इजरायलले लेखेको छ।

समाचार अनुसार ती महिला सुरूमा गम्भीर घाइते भएकी थिइन्, पछि अस्पतालमा उनको मृत्यु भयो।

इरानबाट हानिएको मिसाइल आक्रमणमा अन्य ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।तिनमा केही व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन्।

इरानको जवाफी कारबाहीपछि आइडीएफले (इजरायली रक्षा बल) नागरिकहरूलाई तोकिएको सेल्टरमा बस्न आग्रह गरेको छ। आइडीएफले इरानबाट सयौं रकेट इजरायलतर्फ हानिएको जनाएको छ।

मगेन डेविड अडोम (इजरायलको एम्बुलेन्स सेवा) का अनुसार मिसाइलको छर्राले एक इन्सेन्सिभ केयर युनिटमा क्षति पुर्‍याउँदा दुई जना एम्बुलेन्सकर्मी घाइते भएका छन्।

आइडीएफले केही मिसाइलहरू इन्टरसेप्ट गरिएको जनाए पनि कति वटा रोकिए भन्ने खुलाएको छैन।

आईडीएफ होम फ्रन्ट कमाण्डले इरानको तेस्रो ब्यालेस्टिक मिसाइल आक्रमणपछि नागरिकहरूलाई सेल्टरमा जान अनुमति दिएको छ। अर्को सूचना नभएसम्म सेल्टर नछाड्न भनिएको जेरूसेलम पोस्टले उल्लेख गरेको छ।

तस्बिरः बिबिसी

यो पनि पढ्नुहोस्

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ६ : ४५ बजे

भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा (तस्बिरहरू)

काठमाडौं– भक्तपुरमा मनाइने विभिन्न जात्रा मध्ये परम्परागत ऐतिहासिक तथा सांस्कृतिक

हेलिकप्टरबाट सप्तरीको कंंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

राजविराज– नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन

७ दशक अघिको त्यो दशैं (भिडियो)

महेन्द्रनाथ राई ९७७० पेशाले शिक्षासेवी तथा समाजसेवी हुन् । भोजपुरको

घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै

जलेश्वर– बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष