सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकप फुटबलका लागि जारी छनोट खेल रोमाञ्चक मोडमा पुगेको छ। धेरै महादेशीय छनोट अन्तिम चरणमा पुगेको छ। दक्षिण अमेरिकी समूहबाट अर्जेन्टिना र एसियाबाट जापानले सबै भन्दा पहिले आफूलाई छनोट गराएर तनाव मुक्त भएका छन्। विश्वकपमा ४८ टोलीको सहभागिता हुने भएका कारण धेरै नाम चलेका टोलीहरू जोखिमयुक्त देखिएका छन्। केही अप्रत्याशित परिणामको सम्भावना भने अझै कायम नै छ।
दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र इक्वेडर
विश्वकप फुटबल छनोट अन्तरगत भएको दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिना, ब्राजिल र इक्वेडर छानिएका छन्। समूहमा रहेका १० टोली मध्य डबल राउन्ड रोबिनमा एक टोलीले १८ खेल खेल्ने छन्। हरेक टोलीले १६ खेल खेलिसकेका छन्। तालिकामा ३५ अङ्क सहित अर्जेन्टिना शीर्ष स्थानमा छ। तालिकामा २५ अङ्कसहित इक्वेडर दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्। यी तीन देश छनोट भइसकेका छन्।

२४ अङ्क भएका उरुग्वे र पाराग्वेका लागि अन्तिम दुई खेलमा एक अङ्क पर्याप्त हुने छ। सातौँ स्थानमा रहेको भेनेजुएलाको १८ अङ्क छ। दक्षिण अमेरिकाबाट शीर्ष ६ टोलीले विश्वकपमा प्रवेश पाउने छन्। सातौँ हुने टोलीले प्ले अफ खेल्ने छ। कोलम्बिया २२ अङ्क सहित छैटौँ स्थानमा छ।
युरोपको सुरुवात
युरोपबाट १६ टोली विश्वकपमा प्रवेश गर्ने छन्। युरोपका प्राय सबै देशमा फुटबलमा स्तरीय भएका कारण कुनै पनि देश एकदमै सुरक्षित भने छैनन्। युरोपेली देशलाई १२ समूहमा विभाजन गरिएको छ। यसरी विभाजन गरिएका १२ वटै समूहमा पहिलो स्थान हात पार्ने टोलीले सिधै विश्वकपमा प्रवेश पाउने छ।
समूहमा दोस्रो हुने १२ देश र युरोपेली नेसन्सबाट अर्का चार उत्कृष्ट देश समेत गरेर कुल १६ देशको प्ले अफ हुने छ। यो प्ले अफबाट चार देशको टुङ्गो लाग्ने छ।
जर्मनी, लम्केम्बर्ग, स्लोभाकिया र उत्तरी आयरल्यान्ड समावेश समूह ‘ए’मा कुनै खेल भएको छैन। कोसोभो, स्लोभानिया, स्वीजरल्यान्ड र स्विडेन रहेको समूह बिमा पनि अझै कुनै खेल भएका छैनन्।

बेलारुस, ग्रिस डेनमार्क र स्कटल्यान्ड समूह ‘सी’मा छन्। यस समूहको पनि कुनै खेल भएको छैन। अजरबैजान, फ्रान्स, इजरायल र युक्रेन रहेको समूह ‘डि’को पनि खेल भएको छैन। बुल्गेरिया, जर्जिया, स्पेन र टर्की रहेको समूह इको पनि कुनै खेल भएको छैन। अर्मेनिया, हंगेरी, पोर्चुगल र आयरल्यान्ड रहेको समूह एफको पनि खेल भएको छैन।
समूह ‘जी’मा फिनल्यान्ड चार खेलमा सात अङ्क सहित शीर्ष स्थानमा छ। नेदरल्यान्ड्सको दुई खेलमा ६ अङ्क छ। तीन खेलमा पोल्यान्डको ६ अङ्क नै छ। तीन खेलमा लिथुवानियको दुई तथा माल्टाको चार खेलमा एक अङ्क छ।
समूह ‘एच’मा बोस्निया एन्ड हर्ज गोभिनाले सानदार सुरुवात गरेको छ। सो टोलीले सुरुवाती तीन खेलमा शतप्रतिशत जितसहित ९ अङ्क जोडेको छ। अस्ट्रियाले दुईमा ६ तथा रोमानियाले चार खेलमा ६ अङ्क बटुलेका छन्। साइप्रसको तीन खेलमा तीन अङ्क छ भने सानमारिनोको चार खेलमा कुनै अङ्क छैन।
समूह ‘आई’मा नर्वेको नर्वेको चार खेलमा १२, इजरायलको तीन खेलमा ६, इटालीको दुई खेलमा तीन, इस्टोनियाको चार खेलमा तीन तथा माल्डोभाको तीन खेलमा शून्य अङ्क छ। समूह जेमा उत्तरी मेसोडोनियाको चार खेलमा आठ, वेल्सको चार खेलमा सात, बेल्जियमको दुई खेलमा चार, काजकिस्तानको तीन खेलमा तीन र लिचेस्टाइनको तीन खेलमा शून्य अङ्क छ।
समूह ‘के’मा इङ्गल्यान्डको तीन खेलमा नौ, अल्बानियाको चार खेलमा पाँच, सर्बियाको दुई खेलमा चार, लाट्भियाको तीन खेलमा चार तथा एन्डोराको चार खेलमा शून्य अङ्क छ। समूह एलमा चेक गणतन्त्रको चार खेलमा नौ, क्रोएसियाको दुई खेलमा ६, मोन्टेनेग्रोको तीन खेलमा ६, फारो आइजल्यान्डको तीन खेलमा तीन तथा जिब्राल्टरको चार खेलमा शून्य अङ्क छ।
एसियामा ६ टोलीको टुङ्गो
एसियाली तेस्रो चरणबाट ६ टोलीको टुङ्गो लगाएको छ। विभिन्न चरण पार गरेर तेस्रो चरणमा प्रवेश गरेका १८ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो।

यो तीन समूहमा शीर्ष दुई स्थान पाउँदै इरान, उज्बेकिस्तान, कोरिया, जोर्डन, जापान र अस्ट्रेलिया विश्वकपमा प्रवेश गरिसकेका छन्। एसियामा दुई टोलीको टुङ्गो लाग्न बाँकी छ। साथै एक प्ले अफ खेल्ने टोलीको पनि टुङ्गो लाग्न बाँकी छ। तेस्रो चरणमा समूहमा तेस्रो र चौथौँ स्थान पाएका संयुक्त, अरब इमिरेट्स। कतार, इराक, ओमान, साउदी अरेबिया र इन्डोनेसिया चौथो चरणमा प्रवेश गरेका छन्। यी ६ टोलीलाई दुई समूहमा विभाज गरिने छ। दुवै समूहमा शीर्ष स्थान पाउने टोली विश्वकपमा प्रवेश पाउने छन्। समूहमा दोस्रो स्थान पाउने दुई टोलीको पाँचौँ चरणको खेल हुने छ। त्यसमा सफलात पाउने १ टोलीले ग्लोबल क्वालिफायर खेल खेल्ने छ।
एसियामा अन्तिम चरणमा
एसियाबाट ८ टोलीले सिधै प्रवेश पाउने छन् भने एक टोलीले प्ले अफको अवसर पाउने छ। विभिन्न चरण पार गरेर तेस्रो चरणको छनोटमा १८ टोली प्रतिस्पर्धा गरिरहेका छन्। यी १८ लाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई स्थान पाउने टोली सिधै विश्वकपमा प्रवेश पाउने छन्।
तेस्रो चरणमा राउन्ड रोबीनको आधारमा एक टोलीले १० खेल हुने छ। हरेक समूहमा तेस्रो र चौथो स्थान पाउने टोलीले चौथो चरणको छनोट खेल्ने छन्।

चौथो तेस्रो चरणबाट प्रवेश गरेका ६ टोली दुई समूहमा विभाजन गरेर खेल हुने छ। दुवै समूहको विजेता पनि विश्वकपमा प्रवेश गर्ने छन्। सो समूहमा उपविजेता हुने दुई टोली पाँचौँ चरणमा प्रवेश गर्ने छन्। ती दुई टोली बिचको खेलबाट एक टोली विश्व प्ले अफ क्वालिफायरमा खेल्ने छ।
अफ्रिकामा छनोट जारी
अफ्रिकाबाट ९ टोली विश्वकपमा प्रवेश पाउने छन् भने एक टोलीले प्ले अफको मौका पाउने छन्। अफ्रिकामा प्रत्येक समूहमा ६ टोली गरेर ९ समूहमा विभाजन गरिएको छ। यी ९ समूहमा शीर्ष स्थान पाउने टोली विश्वकपमा प्रवेश पाउने छ। उत्कृष्ट ४ उपविजेताको बीचमा अर्को चरणमा खेल हुनेछ। सो खेलको विजेता एक टोली ग्लोबल प्ले अफका लागि छनोट हुने छ।
डबल राउन्ड रोबिनको आधारमा जारी छनोटमा सबै समूहमा हरके टोलीले ६ खेल खेलेका छन्। चार खेल अझै बाँकी छ। समूह ‘ए’मा इजिप्टको १६, बुर्किना फासोको ११ तथा सियरालियोनको ८ अङ्क छ। इथियोपिया र गुयनाबिुको ६ अङ्क छ। जिबाउटीको १ अङ्क छ।

समूह ‘बी’मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको १३, सेनेगलको १२ र सुडानको पनि १२ अङ्क छ। सो समूहमा टोगोको ४, दक्षिणी सुडानको ३ अङ्क छ।
समूह ‘सी’मा दक्षिण अफ्रिकाको १३ तथा रुवान्डाको ८ अङ्क छ। बेनिनको ८ तथा नाइजेरियाको ७ अङ्क छ। लेसोथोको ६ तथा जिम्बाबेको ४ अङ्क छ। समूह ‘सी’मा स्वीजल्यान्डको २ अङ्क छ।
समूह ‘इ’मा मोरक्कोको १५, तान्जानियाको ९, जाम्बियाको ६, नाइजरको ६, कङ्गो गणतन्त्र र इरिट्रियाको शून्य अङ्क छ। समूह ‘एफ’मा आइभोरी कोस्टको १६ तथा गाबोनको १५ अङ्क छ। ब्रुनडीको १०, केन्याको ६, गाम्बियाको ४ तथा सिचेकीको शून्य अङ्क छ।
समूह ‘जी’मा अल्जेरियाको १५ तथा मोजाम्बिकको १२ अङ्क छ। बोत्स्वना र युगान्डाको ९ अङ्क छ। गुयनाको ७ तथा सोमालियाको १ अङ्क छ। समूह ‘एच’मा ट्युनेसियाको १६, नामिबियाको १२, लाइबेरियाको १०, इक्वेटरियल गुयनाको ७ तथा मलावीको ६ अङ्क छ। साओ टोमो एन्ड प्रिन्सेसको कुनै अङ्क छैन।
समूह ‘आई’मा घाना १५ अङ्क सहित शीर्ष स्थानमा छ। कोमोरसको १२ तथा मदागस्करको १० अङ्क छ। मालीको ९ , सेन्ट्रल अफ्रिकन रिपब्लिकको ५ तथा चाँदको शून्य अङ्क छ।

उत्तर तथा मध्य अमेरिकी समूह
उत्तर तथा मध्य अमेरिकी समूहमा रहेका ३ टोली आयोजकको रूपमा स्वतः छनोट भइसकेका छन्। बाँकी रहेका मध्य अहिले ६ समूहमा ५ टोली समावेश गर्दै खेल भएको छ। सो खेलमा शीर्ष दुई स्थान पाउने कुल १२ टोली अर्को चरणमा प्रवेश गरेका छन्। सो चरणमा १२ मध्य तीन समूहमा विभाजन गर्दै सबै समूहमा शीर्ष स्थान पाउने टोली विश्वकपमा प्रवेश गर्ने छन्। उपविजेता हुने उत्कृष्ट टोली ग्लोबल क्वालिफायर खेल्ने छ।
होन्डुरस, बर्मुडा, कोस्टारिका,ट्रिनिडाड एन्ड टोबागो, कुराकाओ, हायटी, पनामा, निकारागुवा, जिम्बाबे, ग्वाटेमाला, सुरिनाम र साल्भाडोर अर्को चरणमा प्रवेश गरेका छन्। ओसियानाबाट न्युजिल्यान्ड ओसियानाबाट न्युजिल्यान्ड विश्वकपमा छनोट भइसकेको छ भने न्यु क्यासोडोनिया ग्लोबल प्ले अफका लागि छनोट भएको छ।
प्रतिक्रिया