कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक मिर्गौला प्रत्यारोपण « Khabarhub

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक मिर्गौला प्रत्यारोपण


३१ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण  गरिएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा युरोलोजी विभाग प्रमुख तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. दिपेश श्रेष्ठको नेतृत्वमा सफल प्रत्यारोपण भएको हो ।

प्रत्यारोपण टोलीमा केन्द्रका अनुभवी युरोलोजी सर्जन डा. रोजन अधिकारी, ट्रान्सप्लान्ट फेलो डा. विकास खड्का, एनस्थेसियोलोजिस्ट डा. सोवित थापा, नेफ्रोलोजिस्ट डा. सन्तोष सुवेदी, मेडिकल अधिकृत डा. बादल महर्जन, नर्सिङ स्टाफ कमला बोगटी, रबिना पक्का र दीपा केसीको सक्रिय सहभागिता रहेको थियो ।

त्यसैगरी, कर्णाली प्रदेश अस्पताल, सुर्खेतका विभाग प्रमुख तथा सर्जन डा. गणेश थापा, सर्जन डा. विजय घिमिरे, डा. पुजन बल्ला नेतृत्वको एनेस्थेसिया टोली, नर्सिङ स्टाफ प्रभा रावल नेतृत्वको ओटी नर्सिङ स्टाफहरू, र नर्सिङ स्टाफ इन्दिरा उपाध्याय नेतृत्वको आईसीयू नर्सिङ स्टाफहरूको समेत महत्वपूर्ण सहयोग रहेको थियो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रदेशस्तरीय अस्पतालहरूसँग सहकार्य गर्दै देशभर प्रत्यारोपण सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ८ : ३८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल