डा. रेवत कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन « Khabarhub

डा. रेवत कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकमा एक कार्यदल गठन गरेको छ ।

कार्यदलमा पूर्वबैङ्कर भुवनकुमार दाहाल सदस्य छन् । यस्तै नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्यसचिव रहने गरी तीन सदस्यीय बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको हो । सो कार्यदलको समयावधि एक महिनाको रहनेछ ।

कार्यदललाई  बैङ्किङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण र ग्राहकमैत्री बैङ्किङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ ।

यस्तै, आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैङ्क तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझाव दिन भनिएको छ ।

त्यस्तै, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैङ्कको समन्वयात्मक भूमिकाका सम्बन्धमा सुझाव दिन आग्रह गरिएको गभर्नरको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ९ : ०१ बजे

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै

तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रूपन्देही जिल्ला अदालतको

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा