डा. रेवत कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन « Khabarhub

डा. रेवत कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकमा एक कार्यदल गठन गरेको छ ।

कार्यदलमा पूर्वबैङ्कर भुवनकुमार दाहाल सदस्य छन् । यस्तै नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्यसचिव रहने गरी तीन सदस्यीय बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिएको हो । सो कार्यदलको समयावधि एक महिनाको रहनेछ ।

कार्यदललाई  बैङ्किङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण र ग्राहकमैत्री बैङ्किङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ ।

यस्तै, आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैङ्क तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझाव दिन भनिएको छ ।

त्यस्तै, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैङ्किङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैङ्कको समन्वयात्मक भूमिकाका सम्बन्धमा सुझाव दिन आग्रह गरिएको गभर्नरको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ९ : ०१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको