दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’ | Khabarhub Khabarhub

दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग शुक्रबार भएको दुई बुँदे सहमति राष्ट्र हितका लागि गरिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रचण्डले राष्ट्र हितका लागि सहमतिबाट कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले विद्रोह गर्ने काम चलिरहने भएकाले यसलाई जसरी बुझे पनि हुने बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले लामो समयसम्म संसद् अवरूद्ध हुँदा समस्या पर्ने ठानेर खुलाउन आवश्यक ठानी सहमति गरिएको प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरण छानबिनका लागि एक महिनाभित्र समिति बनाएर जाने कुरा मिलेपछि आफूहरूले दुई बुँदे सहमतिमा हस्ताक्षर गरिएको बताए ।

उनले दुई बुँदे सहमतिसँगै माओवादी सरकारमा जाने हल्ला चलाइए पनि सत्यता नभएको प्रष्ट पारे ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १० : ५० बजे

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक