ब्लड डोनर्स सोसाइटी चितवनद्वारा रक्तदान महोत्सव | Khabarhub Khabarhub

ब्लड डोनर्स सोसाइटी चितवनद्वारा रक्तदान महोत्सव


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– उपचारका लागि रगतको अभाव भएपछि ब्लड डोनर्स सोसाइटी चितवनले आज रक्तदान महोत्सव गरेको छ । विश्व रक्तदाता दिवस २०२५ का अवसरमा उद्योग सङ्घको प्रर्दशनी केन्द्रमा रक्तदान  महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहबीच उद्‌घाटन गरिन्। उनले अस्पतालको केन्द्र बन्दै गरेको चितवनमा आयोजित महोत्सवले रगतको अभाव हुने समस्या समाधान गर्नेमा विश्वास व्यक्त गरिन्। 
        
प्रमुख दाहालले भनिन्, ‘मानव जीवनको महत्वपूर्ण काम रक्तदान पनि हो, जसले कसेको ज्यान बच्न सक्छ, रक्तदातालाई प्रोत्साहन गर्न आवश्यक छ ।’

जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले नयाँ रक्तदाता खोजेर रक्तदानमा उत्प्रेरित गर्नुपर्ने बताए। समाजमा युवालाई रक्तदान गर्दा शरीरमा हानी हुँदैन भन्ने ज्ञान दिन जरुरी रहेको उनको भनाइ छ ।  सोसाइटी चितवनका अध्यक्ष एकराज पाठक, सोसाइटीका रत्ननगर नगरपालिका अध्यक्ष रमेश नेपाललगायतले रक्तदानबारे चर्चा गरेका थिए। 

महोत्सवमार्फत ७५ प्रतिशत नयाँ रक्तदाता ल्याउने अपेक्षा लिइएको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले बताए। उनले ‘एक घर, एक रक्तदाता’ अभियान सञ्चालन गरी रक्तदाता बढाउने काम भइरहेको समेत उल्लेख गरे ।

एक दिनमा एक हजार ५०० युनिटभन्दा बढी रगत संकलन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जनाइएको छ । त्यस अवसरमा  १०० भन्दाबढी पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो ।

 सोसाइटीका अनुसार हाल चितवनका अस्पतालमा दैनिक १५० युनिट रगतको माग छ । अहिले प्रादेशिक रक्तसञ्चार केन्द्रमा औसतमा ३० देखि ४० युनिट मात्र रगत उपलब्ध हुँदै आएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १२ : ४९ बजे

मधेशका पूर्वप्रमुख झालाई बलात्कार मुद्दामा थुनामा पठाउने आदेश

जनकपुर- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई बलात्कार मुद्दामा पुर्पक्षका

दलको नेतामा पराजित मुख्यमन्त्री भन्छन्- ‘राजीनामा दिनुपर्ने कुनै कारण छैन

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा नदिने दोहोर्‍याएका

बेलिब्रिजले जोडिए मुगु र हुम्ला 

सुर्खेत– मुगु र हुम्ला जिल्लालाई बेलिब्रिजले जोडिएको छन् । हुम्लाको

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु

एजेन्सी – ग्वाटेमाला सहरस्थित एक शवदाह गृहमा मङ्गलबार भएको सशस्त्र

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं – अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका