पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड | Khabarhub Khabarhub

पार्टी बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको बताएका छन् । 

मोरङको उर्लाबारीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ । राम्रो काम गर्दा गर्दै षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनु परे पनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौँ,’ प्रचण्डले भने, ‘जनतासँग बसेर दुःख–सुख बाँड्यौँ । यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ ।’

पूर्वी नेपालका झापा र मोरङमा माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

उनले प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएका कारण षड्यन्त्रहरू भइरहेको बताए ।  नवप्रवेशी सदस्यहरूलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताए ।

 कार्यक्रममा विभिन्न राजनीतिक दलहरू परित्याग गरेर ३७० जना नेता–कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले दाबी गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  २ : १६ बजे

थारु समुदायमा घोर्वा पूजा

कञ्चनपुर- थारु समुदायमा दशैं पर्वको विशेष अवसरमा घोर्वा माटोको घोडा

चर्खे पिङ संरक्षणमा तनहुँका स्थानीय

दमौली- तनहुँको भानु नगरपालिका–४ टारका स्थानीय चर्खे पिङ संरक्षणमा जुटेका

ब्रम्हायणी मन्दिरमा महिषासुर राक्षसको प्रतीक खःमेय जात्रा

भक्तपुर- महानवमीको दिन आज साँझ भक्तपुरमा महिषासुर राक्षसलाई मारेर मनाईने

क्यानले भन्यो- सन्दीपलाई वेस्ट इन्डिजसँगको अन्तिम दुई खेलमा निलम्बन गरियो

काठमाडौं- नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको

राष्ट्रपति ट्रम्पद्वारा देशभित्रै आक्रमण हुने चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार (स्थानीय समय) देशभित्रै ‘आक्रमण’