गण्डकीका सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण « Khabarhub

गण्डकीका सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशका विभिन्न जिल्लाका सात स्वास्थ्य संस्थालाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रशान्त सिंह वगेलले एम्बुलेन्स हस्तान्तरण गरे। 

गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नं ६, बेनी अस्पताल म्याग्दी, मनपाङ हेल्थपोष्ट म्याग्दी, आर्थरडाँडा खर्क हेल्थ पोष्ट पर्वत, सिटी अस्पताल स्याङ्जा र आँबुखैरेनी अस्पताल तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । 

त्यस अवसरमा प्रमुख वगेलले नेपाल-भारतबीचको सम्बन्ध सांस्कृतिक, सामाजिक तथा पारिवारिक रुपमा वर्षौदेखि रहँदै आएको उल्लेख गर्दै भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार र आपतकालीन अवस्थामा सहयोग गर्दै आएको बताए । नेपालको दुर्गम गाउँका बिरामीले छिटो छरितो स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरेको उनले बताए। 

बेनी जिल्ला अस्पताल म्याग्दीका अध्यक्ष दिलकुमारी खत्रीले खुसी व्यक्त गर्दै बेनी जिल्ला अस्पताल म्याग्दीमा उक्त एम्बुलेन्स नै पहिलो भएको बताए। 

‘विभिन्न संस्थासँग  एम्बुलेन्स माग गरेका थियौ तर प्राप्त भएको थिएन, भारतीय दूतावासले दिएको एम्बुलेन्सबाट बिरामीले लाभ लिनेछन् ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  २ : ५० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण