हाँडीगाउँमा बृहत् रक्तदान | Khabarhub Khabarhub

हाँडीगाउँमा बृहत् रक्तदान


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा धन्यन्तरी युवा समूहको आयोजना र ओम अस्पतालको सहकार्यमा हाँडीगाउँमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

 ‘रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ आज सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय, युवा, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको धन्यन्तरी युवा समूहका संरक्षक एवं वरिष्ठ अधिवक्ता उद्धव केसीले जानकारी दिए । 

रक्तदान जस्तो मानवीय कार्यमा सबैलाई सक्रिय सहभागिताको आह्वान गर्दै यस्ता अभियानले जनचेतना र जीवन रक्षा दुवैमा महत्त्वपूर्ण भूमिका खेल्ने धन्यन्तरी युवा समूहका सहसचिव धर्मराज खड्काले विश्व व्यक्त गरे । रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाएको धन्यन्तरी युवा समूहका अध्यक्ष धर्म नारायण श्रेष्ठले बताए।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  २ : ५८ बजे

थारु समुदायमा घोर्वा पूजा

कञ्चनपुर- थारु समुदायमा दशैं पर्वको विशेष अवसरमा घोर्वा माटोको घोडा

चर्खे पिङ संरक्षणमा तनहुँका स्थानीय

दमौली- तनहुँको भानु नगरपालिका–४ टारका स्थानीय चर्खे पिङ संरक्षणमा जुटेका

ब्रम्हायणी मन्दिरमा महिषासुर राक्षसको प्रतीक खःमेय जात्रा

भक्तपुर- महानवमीको दिन आज साँझ भक्तपुरमा महिषासुर राक्षसलाई मारेर मनाईने

क्यानले भन्यो- सन्दीपलाई वेस्ट इन्डिजसँगको अन्तिम दुई खेलमा निलम्बन गरियो

काठमाडौं- नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको

राष्ट्रपति ट्रम्पद्वारा देशभित्रै आक्रमण हुने चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार (स्थानीय समय) देशभित्रै ‘आक्रमण’