भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड  | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड 


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तापक्षलाई भिजिट भिसा प्रकरण छानबिनका लागि एक महिनाभित्र समिति गठनका लागि बाध्य पारेर संसद् खुलाइएको बताएका छन् । 

सत्तापक्षसँग संसद्मा देखिएको गतिरोध हटाउन माओवादी केन्द्रले गरेको दुई बुँदे सहमतिको आलोचना भइरहेकाबेला पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारलाई एक महिनाभित्र समिति गठनका लागि बाध्य पारेर संसद् खुलाइएको बताएका हुन् । 

झापाको दमकमा शनिबार आयोजित कोचे, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँचवटा मोर्चाको संयुक्त सम्मेलनको उद्‌घाटन सत्र सम्बोधन गर्दै उनले पछिल्लो समय संसद् अवरोध गर्नुको उद्देश्य सरकार फाल्ने नभएर भ्रष्टाचारविरुद्ध सुशासनको मुद्दालाई प्राथमिकता दिलाउने रहेको प्रष्टिकरण दिए ।

‘हामीले संसद् अनन्तकालसम्म रोक्ने भन्ने कुरा थिएन । सदनमा नागरिकता, विद्यालय शिक्षा, निजामती सेवाजस्ता विधेयकहरू वर्षौंदेखि अल्झिएका छन् । ती विधेयकहरू सरकारमा रहँदा हामीले नै संसद्मा दर्ता गरी अघि बढाएका थियौँ,’ उनले भने, ‘यी जनतासँग जोडिएका, शान्ति–प्रक्रियासँग र संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय हुन्, जसलाई पूर्णता दिन आवश्यक छ । हामीले सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पा¥यौँ र संसद् खोलियो ।’ 

अध्यक्ष प्रचण्डले यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिविरुद्ध अहिलेको राजनीतिक सङ्घर्ष गर्नुपर्ने अवस्था आएको पनि बताए ।

 ‘हामी यथास्थितिवाद र प्रतिगमनविरुद्धको लडाईंमा छौँ । एकातिर दलाल पुँजीवादीहरूको घेराबन्दी छ भने अर्कातिर गणतन्त्रको विरोधमा सक्रिय प्रतिक्रियावादी शक्तिहरूको चुनौती छ,’ उनले भने, ‘हामी यसका विरुद्ध दृढतापूर्वक लड्नु पर्नेछ ।’

प्रचण्डले माओवादी केन्द्रले सधैँ नीति, बहस र विचारमा आधारित राजनीति गर्दै आएको पनि जिकिर गरे । पद र शक्ति हत्याउने उद्देश्यले कहिल्यै राजनीति नगरिएको उनको भनाइ थियो ।

 ‘माओवादी केन्द्रले सँधै नीति, बहस र विचारमा आधारित राजनीति गर्दै आएको छ । न कि पद र शक्ति हत्याउने उद्देश्यले,’ प्रचण्डले भने, ‘हामी अहिले कांग्रेस र एमालेसँग संसद्मा जनताको मुद्दा उठाएर बहस गर्न चाहन्छौँ । सरकार बनाउने कुरा हाम्रो प्राथमिकता होइन ।’

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ५ : ०० बजे

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार)देखि

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ