नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार « Khabarhub

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ ।
 
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई आज अपराह्‍न सडकबाट करिब ८० मिटर तल खसेको थियो । उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए ।
 
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
 
घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा चार बालबालिका, पाँच महिला र ११ पुरुष घाइते भएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ६ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै