भारतद्वारा नेपाललाई ४० एम्बुलेन्स हस्तान्तरण  « Khabarhub

भारतद्वारा नेपाललाई ४० एम्बुलेन्स हस्तान्तरण 


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले आज नेपालका विभिन्न जिल्लामा फैलिएका विभिन्न स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ । 

एम्बुलेन्स  हस्तान्तरण समारोह काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगंजस्थित भारतको महावाणिज्य दूतावास र पोखरा र धरानस्थित भारतीय दूतावासको पेन्सन भुक्तानी कार्यालयहरुसहित चार स्थानमा एकसाथ आयोजना गरिएको थियो ।

 नेपालका विभिन्न ३३ जिल्लालाई समेट्दै कुल ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको हो । यी मध्ये २२ वटा एम्बुलेन्स काठमाडौंमा हस्तान्तरण गरिएको थियो । साथै, भारत सरकारका प्रतिनिधिहरूद्वारा वीरगञ्जमा ७ वटा, पोखरामा ७ वटा र धरानमा ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

काठमाडौंमा आयोजित समारोहमा भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाका मेयर र अध्यक्षहरूका साथै विभिन्न लाभार्थी संस्थाका प्रतिनिधिहरू, राजनीतिक प्रतिनिधिहरू र समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ७ : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना