प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि संस्थागत गरेर थप अधिकार खोज्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको वर्तमान जिल्ला समन्वय समितिको ३ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  ।

उपप्रधानमन्त्री सिंहले जिल्लाको विकासको कामलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण हुने बताए। संविधान निर्माणको क्रममा जिल्ला समन्वय समिति राख्ने कि नराख्ने बहस भएको भन्दै नेपाली कांग्रेसको अडानकै कारण समन्वय समिति राख्न सम्भव भएको स्मरण गरे। 

‘राजनीतिक स्थिरताका जगमा जनताको जीवन र जिविका सहज होस् भन्ने जनताको चाहना पूरा गर्नका लागि नै अहिलेको सरकार बनेको हाे,´ उपप्रधानमन्त्री सिंहले भने,`देशमा केही भएन भन्ने गलत भाष्य बनाउन खाेजिएकाे छ ।’ आर्थिक विकास र पूर्वाधार विकास निर्माणका हिसाबले प्रजातन्त्र पुनःस्थापन पछि धेरै काम भएका छन् । तर, अझै गर्न धेरै बाँकी छ । त्यसका लागि सरकारले काम गरिरहेका छ ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका देशभरका प्रमुख, उपप्रमुखसहित पालिकाका प्रमुख, उपप्रमुखको सहभागिता रहेको आयोजकले बताएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ०४ बजे

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र