दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि « Khabarhub

दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । लर्ड्समा भएको फाइनलमा अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले २७ वर्षदेखिको आईसीसी ट्रफीको खडेरी अन्त्य गरेको हाे।

एडन मारक्रमको १३६ रनको शतकीय इनिङ्स र कप्तान टेम्बा बवूमाको ६६ रनको संघर्षपूर्ण पारीले अफ्रिकालाई ऐतिहासिक जित दिलायो।

दक्षिण अफ्रिकाले सन् १९९८ मा आईसीसी नक्कआउट ट्रफी (हालको च्याम्पियन्स ट्रफी) जितेको थियो। त्यसपछि लामो समयसम्म कुनै आईसीसी उपाधि हात पार्न नसक्दा टिमलाई ‘चोकर्स’ को उपनाम दिइएको थियो। तर, यस पटकको जितले उक्त ट्याग पनि हटाएको छ ।

फाइनलमा ‘प्लेयर अफ द म्याच’ को अवार्ड पाएपछि एडेन मार्क्रम

पहिलो इनिङमा शून्य रनमा आउट भएका मारक्रमले दोस्रो इनिङमा संयमित तर आक्रामक पारी खेल्दै टिमलाई जित नजिक पुर्‍याएका थिए । १३६ रनको योगदान दिए पनि उनी अन्त्यतिर छक्का हान्ने प्रयासमा हेजलवुडको बलमा हेडद्वारा क्याच आउट भए।

त्यसबेलासम्म अफ्रिकालाई जितका लागि केवल ६ रन आवश्यक थियो। मारक्रम ‘प्लेयर अफ द म्याच’ घोषित भए।

कप्तान बवूमाले हैमस्ट्रिङको चोटका बाबजुद मैदान छाडेनन्। उनले ६६ रन बनाए, जसमा ३९ रन चोट लागेपछि दौडेर बनाएका थिए।

हैमस्ट्रिङले मारक्रमसँग तेस्रो विकेटका लागि गरेको १४७ रनको साझेदारीले जितको बलियो आधार तयार गरेका थियो।

बलिङतर्फ कगिसो रबाडाले टेस्ट क्रिकेटमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै ९ विकेट लिए। उनले पहिलो इनिङमा ५१ रनमा ५ विकेट र दोस्रो इनिङमा ५२ रनमा ४ विकेट लिए। योसँगै उनी अहिले लर्ड्स मैदानमा सबैभन्दा धेरै विकेट(२२ विकेट) लिने अफ्रिकन बलर बनेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १० : ३४ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि‍‍‍…

जुम्ला – यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति