जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड | Khabarhub Khabarhub

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ (क)को तेस्रो प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा शिवाकोटीले जेन्जी पुस्ता सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र नवप्रविधिमा बढी क्रियाशील रहेकाले तिनलाई समेट्ने छुट्टै नीति, संवाद र संलग्नता अभियान आवश्यक भएको बताए। साथै, उनले अल्फा जेनेरेसनका लागि पनि दीर्घकालीन दृष्टिका साथ शैक्षिक, सन्देशमूलक र नेतृत्वविकास कार्यक्रमहरू तय गर्नुपर्ने बताए।

सम्मेलनको प्रशिक्षण कार्यक्रममा ‘प्रभावकारी पार्टी सञ्चार र सामाजिक सञ्जालको सदुपयोग’ विषयमा प्रशिक्षण दिएक थिए। शिवाकोटीले फेक न्युज र गलत सूचनाको पहिचान गर्न सक्ने क्षमतायुक्त कार्यकर्ताहरूको पंक्ति निर्माण गर्नु आजको आवश्यकता भएको बताउँदै, यस्ता सूचनाको वैज्ञानिक, संयमित र तथ्यमा आधारित खण्डन गर्नुपर्नेमा जोड दिए।

शिवाकोटीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग मार्फत पार्टीको नीतिहरू जनमानसमा प्रभावकारी रूपमा पुर्‍याउन सकिने धारणा राख्दै कार्यकर्ताहरूलाई सचेत, रचनात्मक र सत्यनिष्ठ हुन आग्रह गरे ।

उनले भने, ‘अबको प्रतिस्पर्धा केवल सडकमा मात्र होइन, स्क्रिन र सोचमा पनि हो। हामीले तथ्य र विश्वासका माध्यमबाट जनताको मन जित्नुपर्छ।’

कार्यक्रममा नेपाली कांग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य प्रताप पौडेलले पनि प्रशिक्षण दिएका थिए। उनले पार्टीको कार्यगत समन्वय, नीतिगत प्रभावकारिता र राजनीतिक जवाफदेहिताबारे विस्तृत धारणा राखेका थिए।

सम्मेलनम संगठन सुदृढीकरण, कार्यकर्ता प्रशिक्षण, नयाँ पुस्तासँगको संवाद, र स्थानीय तहमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल गरेको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ (क) का सभापति ख्याम तिवारीले जानकारी दिए।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १० : ४४ बजे

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ ।

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ