संयोग कि कथाले मागेको ? ‘मैझारो’का शीर्ष ३ कलाकार नै मगर « Khabarhub

संयोग कि कथाले मागेको ? ‘मैझारो’का शीर्ष ३ कलाकार नै मगर


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला कलाकार विल्सनविक्रम राई फिल्म ‘मैझारो’ निर्देशक गर्न कस्सिएका छन् । अहिले यस फिल्मका लागि कलाकार चयन गर्ने क्रम चलिरहेको छ ।

उनै विल्सनले ‘फिल्म निर्देशन गर्छु’ भनेको दुई वर्ष भयो । ०८० सालको नयाँ वर्ष दिन पारेर उनले फिल्म ‘सिलाम साक्मा’बाट निर्देशनमा डेब्यू घोषणा गरे ।

न त्यो फिल्म बन्यो । न विल्सनको डेब्यू गर्ने सपना सकार भयो । के कारणले ‘सिलामा साक्मा’ बन्ने त्यो उनैलाई थाहा होला ।

फेरि विल्सनले ०८० साल माघमा अर्को फिल्म ‘दाउरे एन्ड चाउरे’ निर्माणको घोषणा गरे । त्यस फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ र विजय बरालको अभिनय रहनेसम्म बताइएको थियो ।

‘दाउरे एन्ड चाउरे’मा पनि उही कथा दोहोरियो । यो फिल्म पनि बनाउन सकेनन् ।

विल्सनले गत सोमबार नयाँ फिल्म ‘मैझारो’ बनाउने घोषणा गरे । उनको सक्रियता हेर्दा ‘मैझारो’ चाहिँ बन्ने देखिन्छ ।

संयोग कि कथाको माग ?

विल्सनले नायक धिरज मगरसँग गरेको कागजी सम्झौता सार्वजनिक गरी गत सोमबार फिल्म निर्माणबारे जानकारी दिएका हुन् ।

यो आइतबारसम्म आइपुग्दा तीन शीर्ष कलाकार चयन भइसकेको छ।

गत साता नै नायिका मिरुना मगर फिल्ममा अनुबन्ध भएको निर्माण पक्षले सार्वजनिक गरेको थियो । यही आइतबार फिल्ममा दिया पुनले इन्ट्री गरेकी छन् ।

रोचक त के छ भने अहिलेसम्म फाइनल सबै तीन शीर्ष कलाकार मगर समुदायका हुन् ।

फिल्ममा कुन कलाकारलाई अभिनय गराउने त्यो विल्सनको स्वतन्त्रताको कुरा हो । उनले त्यही अधिकार लिएर कलाकार चयन गरिरहेका छन् ।

तर, प्रश्न उठ्छ– कथाको मागअनुसार नै विल्सनले मगर समुदायका कलाकार अनुबन्ध गरेका हुन् कि यो संयोग मात्रै हो ? कि यो खास समुदायकेन्द्रित फिल्म हो ?

अहिले फिल्मको कथाबारे उनले विस्तृतमा नखुलाएकाले यसको जवाफ आएको छैन । आशा गरौँ, विल्सन आफैँले संयोग वा कथाको मागबारे प्रष्ट पार्नेछन् ।

पठाकलाई थाहा दिऊँ- एकै समुदायका कलाकार लिएर फिल्म बनाउने समस्याको विषय होइन । यो नितान्त निर्देशकको स्वतन्त्र निर्णयको अधिकार हो ।

कुस्ती‘को जोडी ‘मैझारो‘मा

धिरज र मिरुनाको पहिलो पटक सहकार्य गरेको फिल्म ‘कुस्ती’ हो । यही फिल्मका लागि मिरुनाले फिल्म ‘महाभोज’ छोडेको गसिप फिल्मी बजारमा छ ।

कुस्तीको छायाङ्कन गत चैतमा पूरा भएको हो । फर्स्ट लुक पोस्टरमा यसको प्रदर्शन मिति ०८२ को भदौ उल्लेख गरिएको थियो ।

भदौ नजिकिसक्दा पनि यो फिल्म प्रचारको काम सुरू भएको छैन ।

उक्त फिल्मको रिल जोडी भने अर्को फिल्म ‘मैझारो’ जोडिएको छ । पहिलो फिल्म प्रदर्शनम नआउँदै त्यही फिल्मको जोडी अर्कोमा अनुबन्ध भएको घटनालाई दुर्लभ मान्दा हुन्छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : ४१ बजे

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित