आज २०८२ साल असार ३० गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ जुलाई १४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वदेशीभन्दा विदेशी रमझमले मन खुसी हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको निजी लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको धन हात लाग्ने दिन छ। सम्पत्तिको पछि लाग्ने बानीले स्वास्थ्य भने ओझेलमा पर्नसक्छ। राजनीतिक क्षेत्रमा राम्रो पहुँच रहनेछ। सेवाका अवसर मिल्ने सम्भावना छ। पठनपाठनमा आलश्यता बढ्नेछ। पारिवारिक सम्बन्ध सामान्य रहनेछ।

मिथुन : दिन राम्रो छ। सम्मान मिल्ने दिन छ। स्वास्थ्यले साथ दिनाले मन प्रसन्न रहनेछ। शिक्षामा गरेको अध्ययनले सफलता मिल्नेछ। फलामसम्बन्धी व्यापारबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सामान्य छ।

कर्कट : दिन सामान्य छ। परिवारमा बोझहरु थपिनेछन्। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। शत्रु बढ्नेछन्। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। स्वास्थ्यमा केही सुधारका संकेत थपिनेछन्।

सिंह : दिन सामान्य राम्रो छ। शुभकार्यमा सरिक हुन पाइने छ। अडैया शनिको प्रभावले खर्च बढ्नेछ। स्वास्थ्य र परिवारको साथले मनमा शान्ति मिल्नेछ। शिक्षाको लगानीमा केही समय कुर्नुपर्नेछ।

कन्या : दिन सामान्य छ। बोलीका कारण आफन्त टाढा हुने सम्भावना छ। परिवारलाई समय दिन नसक्दा केही खटपटी आउन सक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गडबढी हुने सम्भावना छ।

तुला : दिन राम्रो छ। बौद्धिक क्षेत्रको भेटघाटले मनमा शान्ति मिल्नेछ। शत्रु बढ्नेछन्। संकटमा पनि काममा भने सफलता मिल्ने योग छ। मानसम्मान प्राप्त हुनेछ। परिवार र स्वास्थ्यले साथ दिँदा मन हर्षित हुनेछ।

वृश्चिक : दिन सामान्य छ। सानातिना कुराले मन तरङ्गीत बनाउनेछ। नकारात्मक कुराले स्वास्थ्यमा समस्या ल्याउने सम्भावना छ। आफूभन्दा ठूला व्यक्तिको सल्लाहमा काम गर्नु उचित हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पश्चिमको एकल यात्रामा नजानु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। व्यापारमा बन्धुसँगको सहकार्यले आफूलाई फाइदा हुनेछ। बोलीमा नम्रता हुनुपर्नेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। विपक्षी साथीको साथ मिल्नेछ। परिवारले भन्दा बढी स्वास्थ्यले साथ दिनेछ। दीर्घकालीन निर्णय गर्नुपर्ने दिन छ।

कुम्भ : दिन सामान्य छ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। अनावश्यक यात्रामा सम्पत्ति खर्च हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनाले मनमा शान्ति मिल्नेछ। आफन्तबाट धोका हुने सम्भावना छ।

मीन : १२ औँ चन्द्रमा भएकाले आज खर्च बढ्नेछ। बोल्दा सचेत हुनुपर्नेछ। शिक्षामा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यले साथ दिनाले मनमा भने केही शान्ति मिल्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : १० बजे

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा