आज २०८२ साल असार ३० गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ जुलाई १४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वदेशीभन्दा विदेशी रमझमले मन खुसी हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको निजी लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको धन हात लाग्ने दिन छ। सम्पत्तिको पछि लाग्ने बानीले स्वास्थ्य भने ओझेलमा पर्नसक्छ। राजनीतिक क्षेत्रमा राम्रो पहुँच रहनेछ। सेवाका अवसर मिल्ने सम्भावना छ। पठनपाठनमा आलश्यता बढ्नेछ। पारिवारिक सम्बन्ध सामान्य रहनेछ।

मिथुन : दिन राम्रो छ। सम्मान मिल्ने दिन छ। स्वास्थ्यले साथ दिनाले मन प्रसन्न रहनेछ। शिक्षामा गरेको अध्ययनले सफलता मिल्नेछ। फलामसम्बन्धी व्यापारबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सामान्य छ।

कर्कट : दिन सामान्य छ। परिवारमा बोझहरु थपिनेछन्। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। शत्रु बढ्नेछन्। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। स्वास्थ्यमा केही सुधारका संकेत थपिनेछन्।

सिंह : दिन सामान्य राम्रो छ। शुभकार्यमा सरिक हुन पाइने छ। अडैया शनिको प्रभावले खर्च बढ्नेछ। स्वास्थ्य र परिवारको साथले मनमा शान्ति मिल्नेछ। शिक्षाको लगानीमा केही समय कुर्नुपर्नेछ।

कन्या : दिन सामान्य छ। बोलीका कारण आफन्त टाढा हुने सम्भावना छ। परिवारलाई समय दिन नसक्दा केही खटपटी आउन सक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गडबढी हुने सम्भावना छ।

तुला : दिन राम्रो छ। बौद्धिक क्षेत्रको भेटघाटले मनमा शान्ति मिल्नेछ। शत्रु बढ्नेछन्। संकटमा पनि काममा भने सफलता मिल्ने योग छ। मानसम्मान प्राप्त हुनेछ। परिवार र स्वास्थ्यले साथ दिँदा मन हर्षित हुनेछ।

वृश्चिक : दिन सामान्य छ। सानातिना कुराले मन तरङ्गीत बनाउनेछ। नकारात्मक कुराले स्वास्थ्यमा समस्या ल्याउने सम्भावना छ। आफूभन्दा ठूला व्यक्तिको सल्लाहमा काम गर्नु उचित हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पश्चिमको एकल यात्रामा नजानु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। व्यापारमा बन्धुसँगको सहकार्यले आफूलाई फाइदा हुनेछ। बोलीमा नम्रता हुनुपर्नेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। विपक्षी साथीको साथ मिल्नेछ। परिवारले भन्दा बढी स्वास्थ्यले साथ दिनेछ। दीर्घकालीन निर्णय गर्नुपर्ने दिन छ।

कुम्भ : दिन सामान्य छ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। अनावश्यक यात्रामा सम्पत्ति खर्च हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनाले मनमा शान्ति मिल्नेछ। आफन्तबाट धोका हुने सम्भावना छ।

मीन : १२ औँ चन्द्रमा भएकाले आज खर्च बढ्नेछ। बोल्दा सचेत हुनुपर्नेछ। शिक्षामा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यले साथ दिनाले मनमा भने केही शान्ति मिल्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : १० बजे

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

चन्द्रपुर– पछिल्लो समय रौतहटको वनजंगलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान

रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त, कफी खेती बढाउन किसानसँग सहकार्य गर्ने योजना

काठमाडौं- रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त घिमिरे नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले भने : अनलाइनबाट काम गर्ने, टाइमलान तोकेर नतिजा खोज्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आएको एक वर्ष नपुग्दै

भानु जयन्ती : एक लाख पुरस्कार राशीको ‘शान्ति साहित्य सभा’ को स्थापना 

काठमाडौं– भानु जयन्तीको अवसरमा एक लाख पुरस्कार राशीको ‘शान्ति साहित्य