पक्राउ परेका विद्यार्थी नेताहरूलाई रिहा गर्न माग « Khabarhub

पक्राउ परेका विद्यार्थी नेताहरूलाई रिहा गर्न माग


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रहरीले पक्राउ गरेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न माग गरेको छ । 

अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरूलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गरेका हुन् । 

प्रह्रीले नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका नेपाल कर्मश क्याम्पसका इकाई अध्यक्ष सरोज तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका निर्वतमान स्ववियु सभापति तथा सिनेट सदस्य श्यामराज ओझा, काठमाडौं जिल्ला अध्यक्ष अनसुल केसीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

यस्तै नेविसंघ नेपाल कर्मश क्याम्पसका उपाध्याक्ष तथा स्ववियु कोषाध्यक्ष सुशील खड्का, नेपाल इन्जिनियरिङ्ग कलेजका इकाई अध्यक्ष पृथ्वीजंग थापा, नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनका अध्यक्ष महेन्द्र खड्क, नेता उत्सव देवकोटा, रन्विर विष्ट, एलेक्स सिंघानियासहित दर्जनौं विद्यार्थी नेताहरू पनि प्रहरी हिरासतमा छन् । 

उनीहरू विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने, शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै प्रर्दशनका उत्रिएका थिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ११ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको