गैर आवासीय नेपाली संघ दक्षिण सुडानको अध्यक्षमा पाध्या « Khabarhub

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको अध्यक्षमा पाध्या


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेस्रो अधिवेशनले रामप्रसाद पाध्याको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतको भर्चुअल उपस्थितिमा  सम्पन्न अधिवेशनलाई ईश्वरप्रसाद सिग्देल, रुक्माङ्गद उपाध्याय, बलराम दाहाल,, रमेश बहादुर खत्री र आनन्द बाबु श्रेष्ठलाई पदाधिकारीमा चयन गरेको छ । त्यस्तै प्रवक्तामा राजदिओ गुरुङ र युवा संयोजकमा हिरासिं पौडेल क्षेत्री छानिएका छन् ।

त्यस्तै आईसीसी सदस्यमा बाबुराम गौतम को नाम प्रस्तावित छ भने सदस्यहरूमा प्रकाशराज भण्डारी, रामन्द्रप्रसाद यादव, तिलक रोका, बिक्रम रबी अरन्ह, बेदबहादुर चौधरी, लक्ष्मी ओखाबु , मनबहादुर सार्की र कृष्णबहादुर नेपाली रहेका छन् । 

सो अधिवेशन पश्चात बसेको कार्यसमिति बैठकले दक्षिण सुडानमा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ ।  नवनिर्वाचित समितिले दक्षिण सुडानमा कार्यरत नेपालीका हकहित संरक्षण, श्रम समझदारी सम्झौताको पहल र समस्यामा परेका नेपालीको उद्धार र सहयोगमा संघ अग्रसर हुने निर्णय गरेको छ ।

त्यस्तै नेपाली भाषा, धर्म, संस्कृति र चाडपर्वलाई प्रवर्द्धन गर्न नियमित कार्यक्रम र सांस्कृतिक उत्सव आयोजना र दक्षिण सुडानका विभिन्न क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई एनआरएनए मा आवद्ध गराई एकता, सहकार्य र सेवामूलक भावना बढाइने पाध्याले बताए।

‘गैर आवासीय नेपाली संघ केवल संस्था मात्र होइन, यो नेपालीपनको अनुभूति हो, विश्वभर छरिएका नेपालीहरूको एकताको प्रतीक प्रतिनिधिमूलक संस्था हो। हामी सबै मिलेर यहाँ रहेका नेपालीहरूलाई सहयोग, सुरक्षा र सशक्तिकरणको लागि समर्पित रहन्छौँ’ अध्यक्ष पाध्या ले भने ।

अध्यक्ष पाध्याले दक्षिण सुडान समितिले अफ्रिकाभरि छरिएर रहेका नेपालीलाई गोलबद्ध गराउन डिजिटल प्लेटफर्म  बनाउने घोषणा गरेका छन् । त्यस्तो प्लेटफर्मले अफ्रिकामा रहेका नेपालीको एकता र डाटाबेस तयार विश्वास लिइएको छ । 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : ३० बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन