देवेन्द्र पौडेलले भने- मन्त्री गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा चाहियो « Khabarhub

देवेन्द्र पौडेलले भने- मन्त्री गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा चाहियो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको धारणा माग गरेका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकमा पौडेलले सरकारका मन्त्रीहरू भ्रष्टाचार मुछिएको देखिएको भन्दै गुप्ताको अडियो प्रकरणमा सरकारले आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्रीको शून्य सहनशीलता र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कहाँ छ भन्दै प्रश्न गरे । यसअघि गोकुल बास्कोटाको अडियो प्रकरण सार्वजनिक हुँदा पदबाट राजीनामा दिएको उनले स्मरण गराए । 

उनले तत्काल जनताले जानकारी पाउने गरी यस विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ०४ बजे

मोदी–मेर्ज वार्ता गान्धीनगरमा

एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग

शेखरले भने : विष पिएर पनि कांग्रेसलाई फुट्नबाट जोगाउँछु, दुवै पक्षसँग अन्तिम प्रयास गर्दैछु

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत

अमेरिकामा इरानविरोधी र्‍याली भइरहेका बेला ट्रक छिर्‍यो, कैयौँ मानिस घाइते

वासिङ्टन- अमेरिकामा इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईविरुद्ध भइरहेको प्रदर्शनका

एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा

काठमाडौं– एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न