अभिमन्युको नयाँ पोस्टर सार्वजनिक, क्राइम जनरामा निर्माण भएको संकेत « Khabarhub

अभिमन्युको नयाँ पोस्टर सार्वजनिक, क्राइम जनरामा निर्माण भएको संकेत


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार फिल्मका नायक कामेश्वर चौरासियालाई एकल प्रस्तुत गरी पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरको दाहिनेतिर कामेश्वर चिच्चाइरहेको देख्न सकिन्छ । उनको पृष्ठभूमिमा विराटनगर कारागार छ । पोस्टरको देब्रेतिरको तल्लो भागमा एउटा रातो झोला देख्न सकिन्छ ।

रातो झोला, कारागार र कामेश्वरको अनुहारको हाउभाउले फिल्मले क्राइमको कथा उठान गरेरे संकेत गर्छ ।

यो फिल्ममा कामेश्वरसहित नायिकाहरु सरिता गिरी, गौमाया गुरुङ र लक्ष्मी बर्देवा शीर्ष भूमिकामा छन् ।

फिल्मको निर्देशक सुशान्त गौतम हुन् । उनको यो डेब्यू फिल्म हो । सेभेज सिज सिनेमाको प्रस्तुतीमा बनेको यस फिल्मका निर्माताहरु विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : ०४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको